दरबार हाईस्कुलको निर्माण कार्य सम्पन्न


प्रकाशित मिति : जेष्ठ १०, २०७६ शुक्रबार

{“caption”:”u091au093fu0928u093fu092fu093eu0901 u0938u0930u0915u093eu0930u0915u094b u0938u0939u092fu094bu0917u092eu093e u092cu0928u094du0928 u0932u093eu0917u0947u0915u094b u0926u0930u092cu093eu0930 u0939u093eu0908u0938u094du0915u0941u0932u0915u094b u0921u093fu091cu093eu0907u0928u202fu0964 u0938u094cu091cu0928u094du092f : u0930u093eu0937u094du091fu094du0930u093fu092f u092au0941u0928u0930u094du0928u093fu0930u094du092eu093eu0923 u092au094du0930u093eu0927u093fu0915u0930u0923″,”photographer”:””,”alt_text”:””}

भूकम्पले ध्वस्त बनाएको काठमाडौंको जमलस्थित दरबार हाईस्कुलको मुख्य भवनको निर्माण कार्य सम्पन्न गरिएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको सो हाईस्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमका बीच चीनका लागि नेपाली राजदुत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

भूकम्पले ध्वस्त बनाएको सो दरबार हाईस्कुलको मुख्य भवनको निर्माणको कार्य १० महिना भित्रै सम्पन्न गरिएको सो विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिनु भयो ।

४६ कोठा रहेको सो चार तले भवनको फिनिसिङको काम भने ४ महिना भित्र सम्पन्न गर्ने लक्ष्य सो भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ । २० महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७५ साल श्रावण १८ गतेबाट सो दरबार हाईस्कुलको निर्माण कार्य सुरु गरिएका थियो । तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण कार्य सम्पन्न भएको पनि सो विद्यालयका प्रधानाध्यापक महतोले बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको जानकारी दिनु भयो । उहाँले सो दरबार हाईस्कुलको मुख्य भवनको बाँकि काम पनि छिट्टै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

२०१० सालमा स्थापना भएको दरबार हाईस्कुल नेपालको पहिलो आधुनिक हाईस्कुल हो । २०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले सो विद्यालयको भवन ध्वस्त बनाएपछि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भईरहेकोे हो । आगामी मंसीर भित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने पनि हाईस्कुलका प्रधानाध्यापक महतोले बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com