अष्ट्रेलियामा सामानको मूल्य बढाएर छुटको अफर राख्ने अनलाइन पसलमाथि मुद्दा
प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार
अष्ट्रेलियामा सामानको मूल्य बढाएर छुटको अफर राख्ने पसलमाथी मुद्दा दायर भएको छ । अष्ट्रेलियामा अनलाइन मार्फत सामान बिक्रि गर्दै आएको कोगान विरुद्ध मुद्दा दायर भएको छ ।
कोगानले पहिले ६ सय सामानहरुको मूल्य बढाएको थियो । त्यसपछि १० प्रतिशत छुट भन्दै प्रचार गरेको छ । छुट अफरको लाभ उठाउन सामान किनेका ग्राहकहरु ठगिएका थिए । छुटमा किनेको सामानको वास्तविक मूल्य छुट पछि तिरेको मूल्य नै थियो ।
Australian Competition and Consumer Commission ले कोगान विरुद्ध मुद्दा दायर गरेको छ । ग्राहकलाई झुक्काएर उपभोक्ता सम्बन्धि कानुनको उल्लङ्घन गरेकोमा कोगान विरुद्ध कारबाही हुने बताइएको छ ।
कोगान अनलाइन पसल माथि मुद्दा दायर भएपछि कोगान कम्पनीको सेयर मूल्य ओरालो लाग्न थालेको छ ।






