गर्मी लागेपछि सल्बलाए सिक्री लुटेरा : डेढ महिनामै लुटिए नौ जना


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

धुम्बाराहीकी क्षेत्रमाया गुरुङ बाटोमा हिँड्दै थिइन् । गलामा लगाएको सिक्री कसैले झ्वाट्ट तानेर लग्यो। ‘चोर चोर’ भन्दा भन्दै सिक्री लुटेर भागे ।

गत सोमबार साँझ पल्सर मोटरसाइकलमा आएका दुई जनाले भीडभाड भएको मौका छोपी गुरुङको साढे दुई तोलाको सिक्री थुतेर भागे । मंगलबार बानियाँटारस्थित जलपाचोकमा हिँडिरहेकी मीनाकुमारी गुरुङ लुटिइन् ।

पल्सर मोटरसाइकलमा आएका दुई जनाले मीनाकुमारीको गलाको डेढ तोलाको सुनको लकेटसहितको सिक्री थुतेर भागे। गुहार माग्दा मोटरसाइकल धेरै टाढा पुगिसकेको थियो ।

गत चैत १३ गते बौद्ध टुसालमा याङ्जी शेर्पाको साढे दुई तोलाको सिक्री लुटियो । मानिस आउजाउ कम भएको मौका छोपेर पल्सरमा आएका दुई जनाले याङ्जीको सिक्री थुतेर भागेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी तीनवटै घटना उदाहरणमात्रै हुन् । चैत दोस्रो सातादेखि जेठको पहिलो सातासम्म डेढ महिना अवधिमा उपत्यकामा नौ वटा सिक्री लुटपाटका घटना भएका छन् ।

प्रहरीले सबै घटनाका अभियुक्तलाई पक्राउ गर्न सकेको छैन । गर्मी सुरु भएपछि सिक्री लुटेर सलबलाउने गरेको विश्लेषण प्रहरीको छ । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुले घटनाको अनुसन्धान गरिहरहेका छन् ।

प्रहरीले सकभर सक्कली गहना लगाएर हिँड्दा सावधानी अपनाउन पटकपटक सर्वसाधारणलाई सचेत गराउँदै आएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com