२५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको साम्राज्य ढल्याे


प्रकाशित मिति : जेष्ठ ९, २०७६ बिहीबार

सिक्किममा २५ वर्षदेखि एकछत्र सरकार चलाइरहेका पवन चाम्लिङको सत्ता यस पटक ढलेकाे छ । चाम्लिङ नेतृत्वको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट(एसडीएफ) लाई सिक्किम क्रान्तिकारी मोर्चा(एसकेएम) ले २५ वर्षपछि सत्ताबाट बहिर्गमन गराएको हो ।

सिक्किममा ३२ वटा विधानसभा क्षेत्रमध्ये छन् । चाम्लिङ नेतृत्वकाे एसडीएफ यस चुनावमा १५ सिट जित्न सफल भयाे । एसकेएमले १७ सिटमा जित निकालेकाे छ ।

चाम्लिङ सन् १९९४ देखि लगातार सिक्किमको मुख्यमन्त्री रहेका छन् । भारतमा सबैभन्दा बढी २५ वर्ष मुख्यमन्त्री भएको रेकर्ड पवन चाम्लिङको नाममा रहेको छ । पवन चाम्लिङले नाम्ची र पोकेलोक कामराङ क्षेत्रबाट जित हात पारेका छन् । विपक्षी दलले चाम्लिङलाई भ्रष्टाचारमा मुछिएको आरोप लगाउँदै आएका छन् ।

चाम्लिङ यसअघि सिक्किम संग्राम परिषदमा थिए । उनले तत्कालिन मुख्यमन्त्री नरबहादुर भण्डारीसँग लामो समय काम गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९८५ मा उनी संग्राम परिषदको टिकबाट पहिलो पटक विधायक बने । सन् १९९४ मा उनले आफ्नो पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट बनाएका थिए ।

सन् २००९ को विधानसभा चुनावमा चाम्लिङको पार्टीले सबै ३२ सिटमा जीत हासिल गरेको थियो । कूल भोटमा उनको ६६ प्रतिशत हिस्सेदारी थियो । सन् २००४ मा पार्टीले राज्यको ३२ मध्ये ३१ सिट जितेको थियो भने एउटा सिट काँग्रेसले पाएको थियो । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com