मुकेश अम्बानीको रिलायन्स सबैभन्दा धेरै आम्दानी गर्ने कम्पनी


प्रकाशित मिति : जेष्ठ ८, २०७६ बुधबार

भारतका अर्बपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले सार्वजनिक कम्पनी इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई कमाइका हिसाबले उछिनेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार धेरै आम्दानी गर्ने कम्पनीमा आईओसीलाई रिलायन्सले पछि पारेको हो ।

३१ मार्चमा सकिएको आर्थिक वर्ष २०१८/१९ मा अम्बानीको आरआईएलले ६२ खर्ब भारुको कारोबार गरेको थियो । भने आईओसीको कमाई ६१ अर्ब भारु थियो ।
यसैगरी रिलायन्स देशकै सबैभन्दा धेरै नाफा गर्ने कम्पनी पनि बनेको छ । गत वर्ष रिलायन्सको नाफा ३ खर्ब ९५ अर्ब ८८ करोड भारु रहेको छ । भने आईओसीको नाफा १ खर्ब ७२ अर्ब ७४ करोड भारु रहेको छ ।

१० वर्ष पहिले आईओसीको तुलनामा आधा मात्र रहेको रिलायन्सले टेलिकम रिटेल र डिजिटल सर्भिसेज बिजनेसमा तीव्र गतिमा विस्तार गरेको थियो ।

आईओसीलाई यो वर्ष तेल तथा प्राकृतिक ग्यास निगम (ओएनजीसी) ले पनि पछि पार्ने देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कम्पनीले पहिलो नौ महिनामा २२ हजार ६ सय ७१ करोड भारुको मुनाफा हासिल गरेको छ । यसविपरित रिलायन्सले खुद नाफा भने १३ प्रतिशतले बढेर ३९ हजार ५ सय ८८ करोड रुपैयाँ पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै रिलायन्सको व्यवसाय पनि ४४ प्रतिशतले बढेको छ । सन् २०१० यता १४ प्रतिशतले वृद्धिदर कम्पनीले हासिल गरेको छ । रिलायन्सको तुलनामा आईओसीले पनि २० प्रतिशत वृद्धि हासिल गरेको छ । आईओसीले सन् २०१० यता हरेक वर्ष ६.३ प्रतिशतले व्यवसाय विस्तार गरिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com