एनआरएनए न्यूजर्सी अध्यक्षमा बुढाथोकी निर्विरोध निर्वाचित


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

एनआरएनए अमेरिका न्यूजर्सी च्याप्टको अध्यक्षमा दोश्रो कार्यकालका लागि शमर बुढाथोकी निर्विरोध निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा नम्रता बराल र सचिवमा कृष्णराज सुवेदी निर्वारोध निर्वाचित भएका छन् ।

दोश्रो कार्यकालका लागि र्निविरोध निर्वाचित भएका बुढाथोकीले दोश्रो कार्यकालका लागि विश्वास गर्ने सम्पूर्णमा धन्यवाद दिँदै आगामी दिनमा सबैसंग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सचिवमा निर्विरोध निर्वाचित भएका सुवेदी बलेवा समाज अमेरिकाका महासचिव समेत हुन् । युवा व्यक्तित्व सुवेदी न्यूजर्सी क्षेत्रमा सामाजिक काममा समेत सक्रिय छन् । समितिको कोषाध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्यहरु मनोनित गरिने सचिव सुवेदीले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com