प्रेम विवाहमा धोका खाएपछि न्याय खोज्दै गङ्गा


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भनिन् । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइेला भन्ने कहिल्यै पनि सोचिनन् । “हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक उहाँलाई सुम्पे र विश्वास गरे, विवाह गरेको कुनै प्रमाणसमेत बनाइन”, कवरले भावुक हुँदै भनिन्।

विवाह गरेको चार महीनामै उक्त प्रेमजोडी अकल्पनीय रुपमै छुट्न पुग्यो । “श्रीमान्ले म कमाउन जान्छु भन्थे, अहिले माडी गाउँपालिका–३ तालाबाङ निवासी लालकुमारी घर्तीसँग भागेका छन् रे भन्ने सुनेको छु”, रुँदै कवरले बेदना पोखिन् । श्रीमान् बेपत्ता भएपछि अहिले उनी घर न घाटको भएकी छन्। “आठ महीनासम्म आउला भन्दै उसैको बाटो हेर्दै सासूसँग घरमै बसे, अब त आउला भन्ने आशानै मरिसक्यो”, निरास बन्दै उनले भने।

श्रीमानले गरेको अन्यायको विरुद्ध न्याय खोज्न विभिन्न सङ्घ संस्थामा भौतारिरहेकी कवरसँग वैवाहिक बन्धनमा बाँधिएको कुनै कानूनी आधार पनि छैन। २ नम्बर वडाध्यक्ष खिमबहादुर घर्तीले भने केही आश लाग्ने प्रतिक्रिया जनाएका छन्।

“गाउँमा विवाह गरेको सबैलाई थाहा छ, यो नै सबैभन्दा ठूलो प्रमाण हो, मैले साक्षी सर्जिमिनको रुपमा सिफारिस गरेको छु, यो नै व्यावहारिकतामा ठूलो प्रमाण हो”, वडाध्यक्ष घर्तीले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कानूनीरुपमा न्याय पाउनका सबैभन्दा ठूलो प्रमाण विवाह दर्ता हो, की त श्रीमानको नाममा नागरिकता हुनु पर्यो । यदि त्यति गर्न सकिएन भने विवाह गरेको फोटो अडियो भिडियो भए पनि प्रमाण हुन सक्छ, महिला तथा बालबालिका सेवा केन्द्रका मीनाकुमारी विकले भनिन्। “यति भन्दैमा आफूहरुले कुनै प्रक्रिया भने नचाल्ने भन्ने कुरो छैन, हामीले मातहतका सबै युनिटमा हुलिया पठाएका छौँ, पीडकलाई पक्रेर लिन निर्देशनसमेत दिएका छौँ, हेरौँ कुनै पाटोबाट पीडितलाई न्याय दिन सकिन्छ की”, विकले थपिन्।

“अधिकारकर्मी पनि कानूनको आधारमा लड्ने हो, विवाह गरेको कुनै प्रमाण नहुँदा न्याय दिलाउन केही गाह्रो छ तर पनि हामी हर प्रयत्न गरेर पीडितलाई न्याय दिलाउने पक्षमा छौँ”, महिला अधिकारकर्मी तीर्था आचार्यले भने।

सानै उमेरमा लहलहैमा विवाह गर्ने, पछि धोका खाइेला भन्ने हेक्कासमेत नराख्दा रोल्पामा यस्ता खालका घटना थुप्रै घट्ने गरेका छन।कानूनीरुपमा विवाह प्रमाणित हुनका लागि विवाह दर्ता बलियो आधार हो । विवाह गरेको ३५ दिनभित्र वडा कार्यालयमा विवाह दर्ता गर्न गए निःशुल्क दर्ता गरिन्छ। विवाहपछिको यो अनिवार्य प्रक्रियाजस्तै हो।

विवाह गर्ने क्रममा फोटो, भिडियो वा अडियो रेकर्ड गरी सुरक्षित राख्नु पर्दछ। माइती पक्षबाट नागरिकता बनाएको छैन भने श्रीमानको नाममा तुरुन्त नागरिकतासमेत बनाउनुपर्छ। विवाह गरेको निश्चित समयभित्र यी प्रक्रिया नपुर्याउँदा धेरैजसो महिला अन्यायमा पर्ने गरेका छन्।

चालू आर्थिक वर्ष २०७५–७६ मा हालसम्म ८१ वटा घरेलु हिंसाका घटना महिला तथा बालबालिका सेवा केन्द्रमा दर्ता भएका छन् भने ७४ वटा घरेलु हिंसा मिलापत्र भैसकेको छ।

यसै आवमा लैङ्गिक हिंसाका घटना १८ वटा दर्ता भएका छन्। यसरी आउने उजुरी अधिकांश मिलापत्रमै टुङ्गिने गरेको छ। देश सङ्घीयतामा गैसके पनि स्थानीय सरकारमा पीडितले न्यायको महसुस नगरेपश्चात् जिल्ला प्रहरी कार्यालयमा नै यस्ता घटना दैनिकी आउने गरेको महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले बनाएको छ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com