पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ


प्रकाशित मिति : जेष्ठ ६, २०७६ सोमबार

दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।

उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो ।

शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com