माेटरसाईकलकाे पछाडि बस्नेले पनि हेलमेट अनिवार्य लगाउनु पर्ने ।
प्रकाशित मिति : ५ जेष्ठ २०७६, आइतबार
२०७६ जेठ ५ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ । अन्य सवारीसाधनको तुलनामा दुइपांग्रे सवारी दुर्घटना धेरै हुँदा त्यसमा पनि पछाडि बसेको मान्छेको हेड इन्जुरीले मृत्यु हुने गरेको भन्दै पछाडि सवार यात्रुले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउन लागिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिएका छन्






