कान्स फेस्टिबलमा को भन्दा को कम (फोटो फिचर)


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

७२ औं कान्स फिल्म फेस्टिबल १४ मेबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा बलिउड अभिनेत्री प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या राय बच्चन, दीपिका पादुकोण लगायत कलाकारले सहभागी जनाईरहेका छन् ।

सन् २०१९ को कान्स फेस्टिबलमा यी बलिउड अभिनेत्रीहरुको जादु चलेको छ । ऐश्वर्या हरेक वर्ष कान्स फेस्टिबलमा सहभागी हुने गरेकी छिन । यो वर्ष पनि उनी कान्स फेस्टिबलको रेर्ड कार्पेटमा उत्रिइन् । उनले कान्समा आफ्नो जादु देखाइसकेकी छिन् ।

ऐश्वर्या निकै हट अवतारमा प्रस्तुत भएकी थिइन । त्यसैगरी कंगना रनावत पनि कान्स फेस्टिबलको रेर्ड कार्पेटमा छाएकी छिन । उनी गोल्डेन कलरको सारी लगाएर कान्स फेस्टिबलमा सहभागी जनाएकी थिइन ।

बलिउड अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोण यस वर्ष पनि कान्स फेस्टिबलमा सहभागी भएका छन् । दुवै जनाको फेसनले फ्यानको दिल जितेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको फोटो मार्फत दुवैले सकारात्मक प्रतिक्रिया बटुलेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com