अष्ट्रेलियामा विद्यार्थीहरुको लागि खर्च कम गर्ने उपाय


प्रकाशित मिति : जेष्ठ २, २०७६ बिहीबार

अष्ट्रेलियामा आउने विद्यार्थीहरुका यहाँ आफन्तहरु नहुँदा बस्नको लागि समस्या साथै आर्थिक दबाब हुन्छ ।

यस्तो अवस्थामा विद्यार्थीहरु आफूले भेटेका साथीहरु वा नचिनेका विद्यार्थीहरु संग पनि संगै बस्न सक्छन् । यसरि संगै बस्दा विद्यार्थीहरुलाई केही कुराहरुमा विशेष ध्यान दिनुपर्छ जसले गर्दा सम्बन्ध नबिग्रियोस् र आफ्नो शान्तिपूर्ण तथा अनुकूल बसाईं होस् ।

– नितान्त व्यक्तिगत कुराहरु ‘सेयर’ नगर्नुहोस्।

– सकेसम्म साथीको सामान प्रयोग नगरिदिनुहोस् । गर्नै परे सामान प्रयोग गर्दा अनुमति लिनुहोस् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

– सनागी बस्ने साथीलाई परिवारको सदस्य जस्तो व्यवहार गर्नुहोस् तर समबन्ध टिकाउ र भविष्यमा समस्या नआओस भन्नको लागि थोरै निश्चित    दूरी पनि बनाईराख्नुहोस् ।

– घरको भाडा लगायतका सबै खर्चहरु आफ्नो- आफ्नो भाग लगाएर तिर्ने गर्नुहोस् जसले गर्दा कहिल्यै पनि लेनदेन सम्बन्धि विवाद वा मनमुटाव   निम्तिदैन ।

– घरको सरसफाई लगायतका कामहरु भाग लगाएर वा मिलिजुली गर्ने गर्नुहोस् ।

– आफू मात्र एकोहोरो कुरा गर्ने बानि नगर्नुहोस् । साथीको पनि कुरा सुन्ने बानि बसाल्नुहोस् ।

– संगै बस्ने साथीको बारेमा अरु संग कुरा काट्नु भन्दा आफूलाई मन नपरेको कुरा मित्रवत तरिकाले साथीलाई नै भन्नुहोस्।

– चर्को स्वरमा टि.भी , म्युजिक चलाउने, भाडा , ढोका बजाउने बानी हटाउनुहोस् ।

– आफ्ना सबै सामानहरु सहि ठाउँमा राख्नुहोस् ।

– विषय मिलेको खण्डमा सामूहिक अध्ययन गर्नुहोस् ।

– एक-आपसमा सहयोगी भूमिका निर्वाह गर्नुहोस् ।

– सम्बन्ध राम्रो बनाउनको लागि संगै घुम्न निस्कनुहोस , मनोरन्जनात्मक कार्यक्रममा संगै सहभागी हुनुहोस ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com