दृष्टिविहिनलाई पोखरा व्यवसायिक महिला क्लबको सहयोग


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

पोखरा महानगरपालीका वडा नम्वर १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबले दृष्टिविहिन विद्यार्थीलाई शैक्षिक सामग्री सगै न्युन आए भएकी एक महिलालाई आर्थिक सहयोग गरेको छ ।

क्लबले पोखराको पृथ्वीनारायण क्याम्पस स्थित दृष्टिविहिन विद्यार्थीहरुले अध्ययन गर्ने पुस्तकालयमा कम्प्युटर एक सेट, डिजिटल अडियो मिक्स्चर एक थान, हार्डडिक्स एक थान, माइक्रोफोन एक थान, टेबुल पंखा दुई थान, युएसपी दुई थान, ब्याट्री चार थान, मेमोरी कार्ड दुई थान, सातवटा पेनड्राईभ, ५ वटा मेमोरी कार्ड रिडर सगै ब्रेल पेपर सहयोग गरेको हो ।

यसैगरि डल्फिन पब्लिसर सफ्टवेयर पनि सहयोग गर्न लागेको र हाल खरिदको प्रक्रियामा रहेको क्लबकी उपाध्यक्ष धनेश्वरी पराजुलीले जानकारि दिईन । पुस्तकालयमा अध्ययनका लागि आउने दुष्टिबिहिनहरुलाई अध्ययनमा सहजता होस भन्ने उदेश्य सहित सहयोग प्रदान गरेको पराजुलीको भनाई छ ।

त्यसैगरि क्लबले न्युन आयस्रोत भएकी पोखरा ११ फुलवारि वस्ने सुजा पुनलाई नगद सहयोग गरेको छ । पुनलाई गुजाराको लागि क्लबले एक लाख २६ हजार नगद सहयोग गरेको हो । क्लब मार्फत सिलाई कटिङको तालिम लिएकी पुनलाई सिलाई मेसिन सगै आवश्यक कपडा र अन्य सामग्री खरिद गर्न सो सहयोग गरिएको उपाध्यक्ष पराजुलीले जानकारि दिईन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा क्लबकी उपाध्यक्ष पराजुली, अन्र्तराष्ट्रिय व्यावसायिक महिला क्लबकी प्रथम उपाध्यक्ष शुसन जोन, अन्र्तराष्ट्रिय व्यावसायिक महिला क्लबकी कार्यक्रम संयोजक चुलारथ आयु थाया, व्यावसायिक महिला क्लब बुढानिलकण्ठकी सदस्य इरा प्रसाई लगायतले सहयोग सामग्री र रकम हस्तान्तरण गरेका थिए । क्लब पोखराकी कार्यसमिति सदस्य एक कार्यक्रम संयोजक लक्ष्मी गुरुङको पहलमा सहयोग सामग्री र सहयोग रकम जुटाएर हस्तान्तर गरिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com