को बन्छ करोडपतिमा सर्वाधीक जित्ने बने राजीब (भिडियो सहित)


प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार

को बन्छ करोडपतिमा मोरङका राजीब जैनले सर्वाधि रकम जित्न सफल भएका छन् ।

शनिबार एपिवान टेलिभिजनबाट प्रशारण भएको को बन्छ करोडपतिमा उनले १३ प्रश्नको उत्तर मिलाउदै २५ लाख जित्न सफल भएका छन् । उनले आइतबार प्रशारण हुने कार्यक्रममा २ प्रश्नको सामना गर्दै १ करोड जित्ने कार्यक्रमको प्रोमोमा प्रशारण गरेको छ ।

को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति उनी नै बन्ने घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) परिवारले प्रोमो सहितको प्रेस वक्तव्य जारी गरेको थियो ।

विश्वकै प्रख्यात टेलिभिजन रियालिटि शो को बन्छ करोडपतिको ४१ औं श्रृखलामा उनले भाग लिएका छन् । एपिवान टेलिभिजनबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको कार्यक्रमले पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबै परविारलाई टेलिभिजन सेट अगाडि बसाउन सफल भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया केविसि नेपालमा सोधिने प्रश्न कठिन नै भएको हो त भनेर केविसि टिमलाई सोच्नै पर्ने अवस्था आउँदै लाग्दा एक जना प्रतियोगीले एक करोड रुपैयाँ जित्न सफल भएपछि केविसि नेपाल तथा एसआरविएन परविारलाई ज्ञानको भण्डार नै भाग्य चम्काउने एक मात्र अचुक उपाय हो भन्नेमा विश्वस्त तुल्याएको विज्ञप्तीमा उल्लेख छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com