तराई क्षेत्रमा अत्याधिक गर्मी,४३ डिग्री पुग्यो
प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार
तराईँका क्षेत्रमा केही सातादेखि बढेको गर्मी आज पनि कायमै रहने मौसमविदले बताएका छन् ।
मौसमविद वरुण पौडेलले तत्काल पानी पार्ने मौसमी प्रणाली विकास हुने सम्भावना नरहेकोले गर्मी यथावत रहने जानकारी दिए ।
बिहीबार धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस सम्म पुगेको थियो । मौसमविद पौडेलले पानी नपरुन्जेल अधिकतम तापक्रम नघट्ने जानकारी दिए ।
तर पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको उनले बताए ।
देशका पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमी भूभागमा आंशिक बदली भएपनि बाँकी भूभागहरुमा शुक्रबार मौसम सफा रहने मौसमविदले पौडेलले बताए ।






