अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका १ जना कर्मचारी पक्राउ


प्रकाशित मिति : बैशाख २३, २०७६ सोमबार

अवैध ३० तोला सुनसहित नेपाल एयरलाईन्सका १ जना कर्मचारी पक्राउ परेका छन्। महानगरी प्रहरी परिसर, काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी अवैध ३० तोला सुनसहित त्रिभवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाईन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लीएको जानकारी गराएको हो।

उनलाई आईतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाईटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए।

उनले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एयरलाईन्समा आउने यात्रुहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइेको पनि बताए।

यात्रुहरुले ल्याएको अवैध सुन नेपाल एयरलाईन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भैइरहेको पनि प्रहरीले जनाएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com