सरकारलाई मिनेन्द्र रिजालको प्रश्न : ३३ किलो सुन कहाँ गयो सरकार ?


प्रकाशित मिति : बैशाख २२, २०७६ आईतबार

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले विकास, पुर्वाधार तथा रोजगारीको सन्र्दभमा सरकारले आधारविहिन सपना बाँड्ने काम गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उहाँले नाराबाट नभई संसदमा राजनीतिक दलहरुसंग संवाद गरेर सहमतिको बाटोबाट मुलुकको विकास गर्न सुझाव दिनुभयो ।

सगरमाथा संवाद गर्ने सरकारलाई उहाँले दलहरुसंगको संवादलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । सिंचाई र तटबन्धको ठुला -ठुला कुरा गरेर मात्रै कृषिमा आत्मनिर्भर हुन नसकिने भन्दै उहाँले योजनाबद्ध आधारशिला तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा ,लोकतन्त्रलाई बलियो बनाउने नभई आधारभुत संरचनालाई कमजोर बनाउने र नीतिगत प्रष्टता नराखी लामो फेयरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भाषा, शैली र सम्बोधनलाई विगतकै राजतन्त्रको परम्परमा हिड्ने काम गरेको आरोप लगाउनुभयो । उहाँले भाषागत र शैलीको कुरा मात्रै नभई प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने र आम जनताकाबीच शंका र आलोचनाको पात्र बनाउने काम गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “गणतन्त्रलाई यो सरकारले जोगाउँछ कि जोगाउदैन भनेर सांच्चै आंशका पैदा भएको छ । यो सरकार नेपालको सरकार हो । नेपालको संविधानले नेपालको कार्यकारीणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ । कसैको मेरो सरकारको नाममा होइन । जनतालाई आश्वस्त गर्नुहोस् । जनता विश्वास गर्दैन । ”

उहाँले सरकारले संघीयताको पक्षमा एउटा पनि ठोस प्रतिवद्धता जाहेर नगरेको टिप्पणी गर्नुभयो । उहाँले लोकतन्त्रप्रति नै सरकार इमान्दार नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “संघीयतालाई कमजोर बनाउदा देश कमजोर हुन्छ । राष्ट्रियता कमजोर हुन्छ । यो गल्ति नगरोस् ।”
नीति तथा कार्यक्रममा उल्लेख गरिएको शब्द र भाषा प्रति पनि उहाँले आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो “लोकतन्त्रको शब्द संग सरकारलाई घृणा हो कि के हो ? हरेक स्थानमा लोकतन्त्रको शब्द हटाएर कि त नया विशेषण दिन्छ ।

कि त शब्द हटाएर अर्को लेखिन्छ । समाजवादको नया परिभाषा गर्ने अधिकार नीति कार्यक्रमलाई छैन । सरकारलाई छैन । सरकार होस् पुर्याओस । संविधानको संरचनालाई भाँच्ने, भत्काउने कमजोर बनाउने काममा हामी मुक दर्शक भएर बस्दैनौ । ”

सुन तस्करी र वित्तिय अपराध कानुनी दायरामा ल्याउने भनिएको भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो “३३ किलो सुन कहाँ गयो सरकार ? कानुनी दायरामा आएको हो भने नेपाली जनताले थाहा पाओस् । ” महिलामाथि हिंसा हुन दिईने छैन भन्ने सरकारले अझै पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै उहाँले व्यवहारमा देखाउन चुनौति दिनुभयो ।

उहाँले भन्नुभयो “अब महिला हिंसा हुन दिने छैन भन्ने मेरो सरकारले निर्मला पन्तको हत्यारा पत्ता लगाउछ कि अहिले पनि भाग्ने बाटोमा हिड्छ ? जिम्मेवारी होइन सरकारको ? ”२३ जना सांसदले नीति तथा कार्यक्रममाथि दर्ता गराएको संयुक्त संसोधनकर्ताको तर्फबाट कांग्रेसका सांसद रिजाले आफ्नो धारणा राख्नुभएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com