राष्ट्रपति भण्डारी तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा विभिन्न कार्यक्रममा व्यस्त


प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार

चीनको राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा विभिन्न कार्यक्रममा व्यस्त हुनुभएको छ ।

 

राष्ट्रपति भण्डारीसंग केही बेर अघि चिनिया कम्युनिष्ट पार्टीको तिब्बत पार्टी सेक्रेटरीले भेटवार्ता गरेका छन् । भेटमा तिब्बत र नेपालबीच रहंदै आएको हजारौं वर्ष पुरानो सम्बन्धबारे छलफल भएको छ । सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकलाई सहयोग गर्दै आएकोमा राष्ट्रपतिले पार्टी सेक्रेटरीलाई धन्यवाद दिनुभएको छ ।

सोही अवसरमा तिब्बतको सीमा व्यापार संघ र नेपाली निजी क्षेत्रको व्यवसायिक प्रतिनिधिमण्डलबीच पनि दुईपक्षीय व्यापार वृद्धिबारे छलफल भएको छ । राष्ट्रपति भण्डारीले आज दिउसो नेपाली महावाणिज्य दूतावासको बन्दै गरेको नयां भवनको अवलोकन गर्नुभएको छ । भण्डारी आज बिहान बेइजिङबाट एयर चाइनाको विमान हुंदै ल्हासा पुग्नुभएको हो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com