‘धर्ममा आएको विचलन रोक्नुपर्छ’


प्रकाशित मिति : माघ १५, २०७३ शनिबार

धर्म गुरु र इतिहासकारहरुले सबै धर्मिक सम्प्रदाय एक हुनु पर्ने बताएका छन् । सबै धर्ममा राम्रा र नराम्रा कुरा भएको बताउँदै उनीहरुले राम्रो कुरालाई आत्मासात गर्दै नराम्रो कुरालाई त्याग्नु पर्ने धारणा राखे ।

शनिबार काठमाडौँको संवाद डबलीमा धर्म सभा तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले धर्म, सस्कार र संस्कृतिलाई केही व्यक्तिहरुले कमाई खाने साधन बनाएकाले धर्मको नाममा विकृति फैलिएको बताए ।

कार्यक्रममा प्रा.डा. दिनेशराज पन्तले धर्म भनेको सामिाजक न्याय भएको बताउँदै त्यसलाई जीवन व्यवहारमा लागु गर्नुपर्ने बताए । ‘संस्कृति नदी हो, यसमा धेरै राम्रा र नराम्रा कुरा बगिरहन्छन् । राम्रो कुरालाई मात्र आत्मासात गर्नुपर्छ र नराम्रो कुरालाई बग्न दिनुपर्छ’ पन्तले भने ।

प्रा.डा. सुरेन्द्र केसीले कुनै पनि धर्ममा खराबी नहुने भन्दै धर्मलाई डलर कमाउने साधन बनाएको बताए । ‘धर्म आफैमा नराम्रो हुँदैन, सबै धर्मका राम्रा पक्ष छन् तर केही व्यक्तिहरुले धर्मलाई स्वार्थ पूरा गर्ने साधान बनाएका छन्, यसले विकृति बढाएको छ’ केसीले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धर्म जीवन पद्धति भएको बताउँदै केसीले धर्म्गुरुले नै धर्मको दर्शन आफ्नो जीवन व्यवहारमा लागु नगर्दा समस्या आएको बताए ।

भिक्षु डा. किर्ति चन्दले नराम्रो संस्कृतिलाई त्याग्ने र राम्रोलाई समाज र जीवन व्यवहारमा लागु पर्नुपर्ने बताए । उनले विभिन्न धर्ममा आस्था राखेपनि नेपाली नै भएकाले सबै एक भएर समाजको रुपान्तरणमा लाग्नु पर्ने जोड दिए ।
धेरै चिनियाँहरु लुम्बिनीमा आउन चाहेको तर भौतिक पूर्वाधार नभएका कारण आउन नसकेको भिक्षु चन्दले बताए ।

कार्यक्रममा बृहत अध्यात्मिक परिषद्का अध्यक्ष पूर्ण छन्त्यालले धार्मिक आस्था फरक फरक भएपनि सबै धार्मिक सम्प्रदाय एक हुनुपर्ने कुरामा जोड दिए ।

शान्ति नेपाल पार्टीका अध्यक्ष देवी प्रसाद आचार्यले विभिन्न धर्ममा आस्था राख्नेहरु अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै धर्मको नाममा हुने विकृति विसंगतिलाई हटाउनु पर्ने बताए ।

राष्ट्रिय मुक्ति आन्दोनलन नेपालका अध्यक्ष योगेश बरालले पश्चिमा देशहरुले जबरजस्त नेपाली धर्म–संस्कृतिलाई भ्रष्टिकरण गर्दै लगेको भन्दै त्यसमा सर्तक हुने पर्ने बताए । विदेशी संस्कृतिलाई आधुनिक भनेर आत्मासात गर्ने र नेपाली संस्कृतिलाई पाखे भन्दै घृणा गर्ने प्रवृतिका विरुद्ध लड्न पर्ने बताए ।

खस राज्य समितिका अध्यक्ष गोरख बिसीले नेपाली राजनीतिक मौलाउदै गरेको खराब संस्कृतिलाई तिरस्कार गर्नुपर्ने धारणा राखे । नेपालका धर्म–संस्कृतिमा भएका विकृतिलाई हटाउन सबै एक जुट हुनुपर्ने बताए ।

पत्रकार पदम श्रेष्ठले हरेक धर्ममा नराम्रा कुरा भएको बताउँदै धर्मशास्त्रलाई पुर्नव्यख्या गर्नुपर्ने धारणा र नेपाली धर्म गुरुहरुले आफ्नो व्यवहार परिर्तन  गर्नुपर्ने बताए । उनले नेपाली धर्म–संस्कृतिले एक अर्कालाई घृणा गर्ने प्रवृतिकै कारण विदेशी संस्कृतिले प्रवेश पाएको बताए । उनले पशुपतिनाथको मन्दिरमा भारतीय संस्कृतिलाई भित्र्याउन लागेको भन्दै त्यसको विरोध गर्नुपर्ने बताए ।

कार्यक्रममा रामसिंह रावलले धर्मको नाममा विभिन्न एकले अर्कोमाथि भइरहेको थिचोमिचोकै कारण मानिसहरु अर्को धर्म परिवर्तन गर्न बाध्य भइरहेको बताए । समयको परिवर्तनसँगै धर्म र धर्मगुरुमा पनि विचलन आएको धारणा राखे ।

कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष विष्णुराज पाण्डेले विभिन्न सम्प्रदायमा आएको विचलनलाई रोक्न धर्म सभाको आवश्यकता भएको बताए । धर्म न्याय र पाप अन्याय भएको बताउँदै सच्चा धार्मिक व्यक्तिहरुले आरुमाथि अन्याय गर्न नसक्ने बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com