राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली प्रतिनिधिमण्डलबाट बेइजिङको श्वेत चैत्यको अवलोकन (फोटोफिचर )


प्रकाशित मिति : बैशाख १५, २०७६ आईतबार

चीनको राजधानी बेइजिङको केन्द्रभागमा एउटा ऐतिहासिक तथा सांस्कृतिक सम्पदा छ जहाँ नेपाली बाहेक सबैले बीस चिनियाँ युआन अर्थात् तीन सय रुपैयाँभन्दा बढीको टिकट काटेर प्रवेश गर्नुपर्छ ।

 

तपाईलाई आश्र्यलाग्छ होला नेपालीले चीनको त्यस्तो महत्वपूर्ण स्थानमा निशुल्क प्रवेशको व्यवस्था छ भनेर । त्यस क्षेत्रमा पुग्ने हरेक नेपालीको छाती गर्वले चौडा हुन्छ र शिर गौरवले उच्च हुन्छ। नेपाली पुर्खाको कौशल र नेपाल चीन मैत्रीको ऐतिहासिक धरोहरका रुपमा बेइजिङको केन्द्रमा विगत साढे सात सय वर्षदेखि श्वेत चैत्य उभिरहेको छ। आजै यसै स्थानको भ्रमणमा गर्नु भएको छ चीनको राजकिय भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली प्रतिनिधिमण्डल ।

एकजना नेपाली शिल्पीको सिर्जना भएकै कारणले आज चीन सरकारले नेपालीलाई मात्र त्यति महत्व दिँदै उच्च सम्मान गरेको हो। किनभने श्वेत चैत्यको निर्माता प्रख्यात नेपाली कलाकार अरनिको थिए। अरनिकोको नेपाली नाम बलबाहू हो। किशोरावस्थामै चीनमा आएका उनलाई महिलाजस्तै देखेर चिनियाँहरुले आनिक भनेर बोलाउँदा बोलाउँदै उनको नाम अरनिको भएको हो। अहिले पनि चिनियाँहरु आनिक नै भन्छन्।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

 

श्वेत चैत्यको अगाडि नेपाली संस्था अरनिको समाजले दुई दसक अगाडि अरनिकोको सालिक स्थापना गरेको छ। अरनिको समाज चीनमा अध्ययन गरेर फर्केका नेपालीहरुको संस्था हो। समाजले यो सालिक नेपालमा बनाएर चीनमा ल्याएको हो।

अरनिकोले यो चैत्य निर्माण गर्दा चीनमा युआन बंशको शासन रहेको थियो। पछि यसलाई मिङ वंशमा पुननिर्माण गरियो र मिआवोयिङ मन्दिर नामकरण गरियो।

 

मिआवोयिङको अर्थ अद्भूत फल प्राप्त गर्नु हुन्छ। त्यसकारण चिनियाँहरु यो मन्दिरमा आएर वर माग्दा अद्भूत फल प्राप्त हुन्छ भन्ने विश्वास गर्छन्। चैत्यको अगाडि दुईवटा बौद्ध मन्दिरहरु रहेका छन् जसमा विभिन्न मुद्रामा शाक्यमुनि बुद्धका मूर्तिहरु राखिएका छन्। चिनियाँ बौद्धधर्मावलम्बीहरुका लागि यो बेइजिङको एउटा ख्यातिप्राप्त मन्दिर हो।

नेपालको बौद्ध तथा स्वयंभूसँग मिल्दोजुल्दो यो श्वेत चैत्य चीनमा सबैभन्दा अग्लो तथा ठूलो मानिन्छ। अरनिकोले बनाएका कयौँ सम्पदाहरु भूकम्प लगायतका प्राकृतिक प्रकोपबाट नासिए पनि केही चैत्यहरु चीनले संरक्षण गरेर राखेको छ। बेइजिङ बाहेक वल्लो शान्षी प्रान्तको वु थाइसानमा पनि अरनिकोले बनाएको श्वेत चैत्य संरक्षित छ।

 

This image has an empty alt attribute; its file name is 58793294_326112494718005_4675075135806373888_n.png

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com