भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् ।
व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।
दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ खेलमा ८ विकेट लिइसकेका छन् । दिल्लीले १२ औं खेल आउँदो सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।