अष्ट्रेलियाको अभिभावक भिसा शुल्क घटाउने लेबर सरकारको घोषणा
प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार
अष्ट्रेलियाको लेबर सरकारले अभिभावक भिसाकालागि दिइने अस्थायी भिसाको संख्याको सीमारेखा हटाउने घोषणा गरेको छ ।
यसअघि सरकारले आगामी जुलाइ १ देखि लागू हुने गरी अष्ट्रेलियाका पीआर पाएकाहरुका अभिभावकलाई वार्षिक १५ हजारको संख्यामा मात्र भिसा दिने निर्णय गरेको थियो ।
सरकारको यो निर्णय अत्यन्त निर्मम भएको भन्दै आलोचना भएको थियो । अस्थायी भिसा वाहक अभिभावकले अष्ट्रेलियामा निरन्तर ५ वर्षसम्म बस्न पाउछन् । पाँच वर्षे भिसाकालागि १० हजार डलर र तीन वर्षकालागि ५ हजार डलर शुल्क तोकिएको छ । तर लेबर पार्टीले यो शुल्क पनि घटाएर २५ सय डलर र १२ सय ५० डलर बनाउने प्रतिवद्दता जनाएको छ ।
अभिभावक भिसाबारेको पछिल्लो निर्णयबारे अद्यागमन छाँयामन्त्री शायन नेउमान र छायाँ कोषाध्यक्ष क्रिस बोनले सिड्नीमा एक समारोहकाबीच सोमवार घोषणा गर्नेछ ।





