दुुर्गममा वितरण गरिने सहुलियत नुन ढुवानीमा करिब ३ कराेड अनियमितता


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

दुुर्गम जिल्ला सहुलियतमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ । नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भए पनि वितरण गर्ने डिपोले समेट्ने क्षेत्र र सोको जनसंख्या उल्लेख नगरी कोटाभन्दा बढी नुन वितरण गरेर अनियमिता गरेको महालेखा परीक्षकको कार्यलयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । साल्टट्रेडिङ कर्पोरेसनले दुर्गम तथा पहाडी जिल्लामा कोटा भन्दा बढी परिणाममा नुन वितरण गरी सो रकम दाखिन नगरेको पाइएकोे हो ।

कोटाभन्दा बढी परिणाममा नुन ढुवानी तथा बिक्री गरी ३ करोड १७ लाख अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सम्बन्धित ढिपोको जनसंख्या नखेलेका कारण समग्र जिल्लाको जनसंख्याका आधारमा गणना गर्दा सात वटा जिल्लामा कोटाभन्दा बढी नुन वितरण गरी आर्थिक अनियमितता गरेको प्रतिवेदनमा उल्लेख छ । यो समाचार लक्ष्मी सापकोटाले कारोबारमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com