सगरमाथाबाट २ हजार किलो फोहर सङ्कलन


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

सगरमाथा सरसफाइ अभियानान्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमान्डौ लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइेको हो । स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने बस्तुलाई नाम्चे क्षेत्रमानै व्यवस्थापन गरिएको छ ।

कुहिने वस्तुसहितको फोहरलाई ओखलढुङ्गा र नकुहीने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडाँै पठाइेको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

१२ औँ अन्तर्‍ाष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा सङ्कलन भएको फोहर पठाइेको प्रमुख भट्टराईको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार वैशाख १ गतेबाट शुरु भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता रहेको थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com