युएन मिसनमा खटिएको प्रहरी टोलीलाई बिदाइ


प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा शान्ति स्थापनार्थ सुडानको डार्फरस्थित युनामिड मिसनमा खटिएको टोलीलाई बिदाइ गर्नुभएको छ । महानिरीक्षक खनालले १६ औँ समूहमा खटीइ जाने टोलीको कन्टिनजेन्ट कमाण्डर प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीलाई बिहीबार प्रहरी प्रधान कार्यालयमा नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो

बिदाइ कार्यक्रममा महानिरीक्षक खनालले संयुक्त राष्ट्रसङ्घको तर्फबाट शान्तिदूतका रुपमा खटिने भए पनि मिसनमा खटिने प्रहरी कर्मचारीले देश र सङ्गठनको प्रतिनिधित्व गर्ने भएकाले राष्ट्रप्रति समर्पणभावसँगै दिएको जिम्मेवारी उच्च व्यवसायिकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो ।

महानिरीक्षक खनालले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा स्थानीय रीतिरिवाज, परम्परा र मौलिकताप्रति सदैव संवेदनशील रहनुपर्ने बताउँदै मिसनमा रहँदा उच्च अनुशासनमा रहनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले आफ्नो ज्ञान, सीप एवं कौशलको पूर्ण सदुपयोग गर्दै लगनशील भैइ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा युएन महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विभूतिराज पाण्डेले १८० जनाको प्रहरी टोली वैशाख ९ र १६ गरी दुई चरणमा मिसन जान लागेकोे जानकारी दिनुभयो ।

मिसनमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी नायब उपरीक्षक नौ, प्रहरी निरीक्षक तीन, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४८, प्रहरी हवल्दार ७६, प्रहरी जवान पाँच र प्रहरी कार्यालय सहयोगी ६ जना रहनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com