के यो मोदीको चुनावी –यालीको हो यो तस्बिर ? यस्तो छ वास्तविकता


प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

बीबीसी 

फेसबुक र ट्वीटरमा यो एरियल फोटोग्राफ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पश्चिम बंगालमा भएको चुनावी जनसभा बताएर सेयर गरिँदैछ ।

दक्षिणपन्थी रुझान भएको सोसल मिडिया ग्रुपमा केही मानिसहरुले यो तस्बिर पश्चिम बंगालमा ११ अप्रिलमा भएको पहिलो चरणको मतदान अघिको दाबी गरिरहेका छन् ।

धेरैजसो सोसल मिडिया प्रयोगकर्ताले यो तस्बिरलाई मोदीको कूच विहारमा भएको चुनावी –याली बताइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नरेन्द्र मोदी २०१९ नामको पब्लिक ग्रुपमा एक प्रयोगकर्ताले लेखे, ‘यो पश्चिम बंगालमा भाजपाका –यालीको दृश्य हो । कूच बिहारको –याली । आज त ममता बनर्जीको निन्द्रा नै गायब भयो होला ।’

भाजपा अध्यक्ष अमित शाहले पश्चिम बंगाल भाजपालाई  राज्यको ४२ मध्ये कम्तीमा २३ सिट जित्ने लक्ष्य दिएका छन् ।

पार्टीका वरिष्ठ नेता अनुसार भाजपाका केन्द्रीय नेतृत्व यसपटक पश्चिम बंगालमा विशेष ध्यान दिइरहेको छ ।

तर यो भाइरल फोटो मोदीको –याली नभएको बीबीसीले पत्ता लगाएको छ ।

यो तस्बिरको भारतीय जनता पार्टीको कुनै पनि कार्यक्रमसँग सम्बन्ध छैन ।

तस्बिरको वास्तविकताः

पश्चिम बंगालको कूच बिहारमा मोदीले ७ अप्रिल २०१९ मा चुनावी जनसभा गरेका थिए ।

तर रिवर्स इमेज सर्चबाट पत्ता लागेअनुसार जुन भाइरल तस्बिरलाई मोदीको –याली बताइएको छ त्यसलाई सन् २०१५ मा पहिलो पटक इन्टरनेटमा अपलोड गरिएको थियो ।

आफ्नो अनुसन्धानमा बीबीसीले यो तस्बिर भारतको नभई थाइल्याण्डको मध्यमा रहेको समुत साखोन प्रान्तको बताएको छ ।

यो तस्बिरमा बौद्ध धर्मका प्रचार–प्रसार गर्ने वेबसाइट ‘डीएमसी डट टिभी’ ले २६ अक्टोबर २०१५ मा पोष्ट गरेको थियो ।

डिएमसी अर्थात् ‘धम्म मेडिटेशन बुद्धिज्म’ एक मिडिया नेटवर्क हो । यो वेबसाइट अनुसार यसले बौद्ध धर्मसँग जोडिएका सांस्कृतिक कार्यक्रम सार्वजनिक गर्छ ।

करिब २० लाख बौद्धको समारोहः

डिएमसीका अनुसार थाइल्याण्डमा बौद्ध धर्म मान्नेहरुले ‘भिक्षा–अर्पण गर्ने एउटा ठूलो उत्सव’ को आयोजना गर्छ ।

सन् २०१५ मा भएको यस्तै प्रकारको एउटा आयोजना थियो जसमा करिब १० हजार बौद्ध भिक्षु समावेश भएका थिए ।

यो कार्यक्रममा संलग्न हुनेहरुको संख्या करिब २० लाख बताइएको छ ।

वेबसाइट अनुसार थाइल्याण्डको ९ बढी प्रान्तका बौद्ध भिक्षु, सरकारी कर्मचारी र सैनिक यो कार्यक्रममा पुगेका थिए ।

२६ अक्टोबर २०१५ मा डिएमसी डट टिभीले यो विशाल आयोजनाको करिब ७० अन्य तस्बिर पनि पोष्ट गरेका थिए ।

वेबसाइटका अनुसार यो सांस्कृतिक कार्यक्रमको आयोजना समुत साखोन सेन्ट्रल स्टेडियमको अगाडिको सडकमा भएको थियो ।

गुगल अर्थ वेबसाइटको मद्दतले नै बीबीसीले ‘डिएमसी डट टिभी’ वेबसाइटका यो समारोहको लोकेशनसँग जोडिएको दाबीको पुष्टि गर्यो ।

बीबीसीले स्ट्रीट भ्यूमार्फत उक्त बिल्डिङबारे सर्च गर्यो जुन भाइरल तस्बिरमा देखिन्छ ।

पहिले पनि गरिएको थियो गलत दाबीः

सोसल मिडियामा यो तस्बिरलाई गलत सन्दर्भसहित सेयर गरिएको यो पहिलो घटना होइन ।

सन् २०१८ मा पनि यो तस्बिरलाई ‘भारतीय हिन्दुको तस्बिर बताएर सेयर गरिएको थियो ।

तर थाइल्याण्डको यो फोटोसहित गरिएको यो सबै दाबी गलत हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com