नेपालले ओमानलाई १५० रनले हरायो तर विश्वकप छनौट हुन कठिन


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

आईसीसी यू–१९ विश्वकप छनौट अन्तर्गत खेलमा नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ । नेपालले दिएको २३० रनको लक्ष्य पच्छ्याउन मैदानमा उत्रिएको ओमानले ७९ रन बनाउँदै अलआउट भएको हो ।

नेपालका लागि पवन सर्‍ाफले ३, प्रतिस जिसी र सूर्य तामाङले २–२ तथा कुशल मल्ल, भीम सार्की र कमल सिंह ऐरीले १–१ विकेट लिए । ओमानका लागि जील तन्ना र अमनप्रित सिराहले १३–१३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यसाघि पहिलो इनिङमा १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक ब्याटिङ गरेपछि नेपालले ओमानलाई २३० रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आजको खेलमा नेपालको सुरुवात सन्तोषजनक हुन सकेको थिएन । नेपालले २० ओभरको खेल हुँदा ८१ रनको स्कोरमा पाँचौं विकेट गुमाइसकेको थियो । तर, त्यसपछि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाले । छैटौं विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल आट हुँदा नेपालको स्कोर १७३ रन पुगिसकेको थियो ।

कप्तान पौडेल आउट भएपछि भने नेपालको इनिङ फेरि धर्मरायो । त्यसपछि लगातार विकेट जाँदा १७८ रनको स्कोरमा नेपालले ९ विकेट गुमाइसकेको थियो । नेपालका लागि १० औं नम्बरमा ब्याटिङ गर्न आएका प्रतिस जिसीले आक्रामक इनिङ खेल्दै २३ बलमा ४१ रन बनाएपछि नेपालको स्कोर २२९ रन पुगेको हो ।

नेपालको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रन बनाए । ८१ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । प्रतिस जिसीले आक्रामक ब्याटिङ गर्दै २३ बलमै ४१ रन बनाउने क्रममा ४ छक्का र २ चौका प्रहार गरे । २ चौका र १ छक्का हानेका भीम सार्कीले ४३ बलमा ३९ र बनाए । कप्ता रोहित कुमार पौडेल म्यान अफ द म्याच घोषित भए ।

ओमानमाथि जित हासिल गरे पनि विश्वकपमा छनोट हुनका लागि भने नेपाललाई कठीन नै देखिएको छ । आजै भएको अर्काे खेलमा युएईले सिंगापुरलाई ९ विकेटले हराउँदै जित यात्रालाई यथावत राखेको छ । बिहीबार हुने अन्तिम खेलमा नेपालले कुबेतलाई हराउनुका साथै ओमानले युएईलाई हराएमा मात्रै नेपालको सम्भावना रहने छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com