बेलायतको अक्सफोर्डमा नेपाली नँया बर्ष २०७६ को कार्यक्रम भब्यताका साथ सम्पन्न


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

अक्सफोर्डमा यस वर्षको नेपाली नँया बर्षको शुभकामना साँझ 13 April 2019 का दिन भब्य रूपमा सम्पन्न भएको थियो । अक्सफोर्ड एकेडेमी स्कुलको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा करिब २७५ जना नेपालीहरुको सहभागिता रहेको थियो।

जन्म भुमि देखि धेरै टाडा भएतापनि मातृभूमि का बार्षिक बिशेस दिनहरु साथै चाड पर्ब हरु लाई समयले साथ दिएसम्म निरन्तरता दिने सिलसिलामा नेपालीहरुको बार्षिक बिशेस दिन नेपाली नँया बर्ष NCO ले एकआपसमा प्रेम, सदभाब अनि शुभकामना आदान प्रदान गर्दै भब्यताका साथ सम्पन्न गरेको थियो।

बालबालिका हरुलाई हाम्रो संस्कृति र परम्पराको निरन्तरता तथा चिनारी गराउने उदेश्यले कार्यक्रममा विभिन्न संस्कृति लोक निर्त्त्य अनि गित संगीत हरु प्रस्तुत गरिएको थियो। संजय गुरुङ को सक्रियतामा इस्टेज लाई निकै झकि झकाउ प्रकारले सजाइएको थियो भने कार्यक्रम संचालक सचिब मनिसा थापा अनि सहयोगी बिपना रहादीले कार्यक्रम निकै रमाइलो प्रकारले प्रस्तुत गरेका थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्सफोर्डका Shariff काउन्सिलर Craig Simmon, NCO का Patron Lawrence Lee, संस्थापक अनि वर्तमान अध्यक्ष क्रमश श्री चित्र थापा अनि कप्तान तुलसी पौडेल द्वारा संयुक्त रूपमा पानसमा दियो बाली कार्यक्रम को उद्घाटन गरिएको थियो।अध्यक्ष तुलसी पौडेलद्वारा स्वागत मन्तब्य दिने क्रममा उपस्थित सबै लाई नेपाली नयाँ बर्षको धेरै शुभकामना दिदै उपस्थित सबैलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो।

बिशेस गरि आफ्नो समुदाय तथा हाम्रो देश नेपालको लागि कुनै सकारात्मक काम गर्नु हुने तथा सामाजिक कार्यमा ठुलो सहयोग गर्नु हुने समाजसेबीहरुलाई सम्मान अनि प्रोत्साहित गर्ने सिलसिलामा एस वर्षा Wallingford निबासी Ms Camilla Hartwing लाई LEO को तर्फ बाट सक्रिय रुपमा चन्दा संकलन गरि Unite World School को सहयोगले नेपालको गुल्मी जिल्लाको हिले गाउमा एक नंया School बनाई दिनु भएको हुनाले उहाँलाई सम्मान स्वोरुप प्रमाण पत्र र खादा अक्सफोर्डका Lord Lieutenant Tim Stevenson OBE, High Sheriff of Oxfordshire – The Lady Jay of Ewelme CBE, Sheriff of Oxfordshire – Cllr Craig Simmon र वर्तमान अध्यक्ष कप्तान तुलसी पौडेल द्वारा संयुक्त रूपमा प्रदान गरिएको थियो।

यस्तै प्रकारले कम्युनिटीमा सक्रिय रहि सामाजिक कार्यमा ठुलो सहयोग गर्नुहुने समाजसेबीहरु श्री संजय गुरुङ, भुपाल गुरुङ अनि कविता शर्मा कंडेललाई पनि उपस्थित पाहुनाहरुको बहुली बाट खादा प्रदान गरिएको थियो।

कार्यक्रममा कोषध्यक्ष कबीता शर्मा कंडेल, सदस्य श्री चन्द्र राहादी, सुसिला सुर्यबम्सी, एन्जेला पौडेल, शीला पौडेल, केशरी राहादी, जस्मि गुरुङ तथा अन्य Volunteer हरुको सक्रिय सहयोग रहेको थियो। यो सुमधुर साँझ सधैंको लागी अविस्मरणिय बनेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com