चेरीले ढकमक्क वासिंटन डिसी (फोटो फिचर )


प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार

यतिबेला अमेरिकाको राजधानी वासिंटन डिसी चेरी फूलेर ढकमक्क भएको छ ।

अमेरिकाको न्युयोर्क, न्युजर्सी लगायतका राज्यमा पनि चेरी फूलिसकेको छ । तर वासिंटन डिसीको चेरीलाई विशेष रुपमा लिइन्छ ।

 

वासिंटन डिसीमा चेरी फूल्दा विश्वभरका पर्यटकका साथमा अमेरिकामा रहेका नेपालीहरु पनि त्यहाँ पुगेर रमाउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चेरीसँगै सेल्फी खिच्ने जोडीहरु यत्रतत्र देख्न सकिन्छ ।

चेरी फूलको बीचमा बस्दा कस्लाई रमाइलो नलाग्दो हो र ?

चिसो मौषम समाप्त हुँदै गर्दा मान्छेमात्र होइन, चराहरु पनि रमाएको दृश्य देख्न सकिन्छ ।

सोमबार वासिंटन डिसीको तापक्रम समरको जस्तै बनेको थियो । पर्यटकहरु समरकै कपडामा त्यहाँ पुगेका थिए ।

चेरीमात्र होइन अन्य फूलहरुले भूईपनि फूलकै गलैंचा जस्तो बनेको छ ।

चेरीसँगै वशन्त ऋतुमा अन्य फूलहरु पनि फूलिरहेका छन् । जताततै हरियाली बन्दैछ ।

जताततै वशन्त ऋतुको स्वागत भइरहेको छ ।

सबै फोटो : किशोर पन्थी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com