बिदेशी दुतावासको भात खाएर संविधान संशोधनको कुरा गर्नेलाई जेल हाल्नुपर्छ : उपाध्यक्ष रावल


प्रकाशित मिति : माघ ५, २०७३ बुधबार

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले सानो सङ्ख्यामा रहेको मधेसी मोर्चाले निर्वाचन रोक्न खोज्दैमा चुनाव रोक्न नहुने बताएका छन् ।  रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको साक्षात्कारमा रावलले संविधान संशोधन नभई हुँदैन भन्ने सानो संख्यामा रहेको मोर्चालाई नमस्कार गरेर बसे सरकारको औचित्य समाप्त हुने बताए ।

उनले भने, संविधान सभाको दोस्रो निर्वाचनमा मोहन बैद्यहरु निर्वाचनमा नजादा नजाँदै चुनाव रोकिएन,लअहिले आएर दुईचार जना मेधेशका ठालु नेताले भन्दैमा निर्वाचन रोकिदैन, अब प्रचण्डले तत्काल मिति घोषण गुर्नपर्छ, संविधान सभाको निर्वाचन गरे जस्तै अहिले पनि निर्वाचनमा जानुको विकल्प छैन्, यदि निर्वाच नगरे देश दन्दमा जान्छ।’

रावलले संविधान संशोधन निर्वाचन गर्नका लागि आवश्यक नभएको भन्दै मधेसी मोर्चाका नेताहरुलाई तराइ मधेशका जनताप्रति विश्वास छ भने आफ्ना एजेण्डा बोकेर निर्वाचनमा जान चुनौती दिए ।

उनले भने,‘संसारमा कहि पनि संविधानसभाबाट संविधान बनेपछि ताजा जनादेशमा नगई संशोधन भएको उदाहरण छैन हामीले एकपल्ट संशोधन गरिसक्यौँ अब निर्वाचमा जाऔँ अनि ताजा जनादेशअनुसार आवश्यक कुराहरु गरौँला,यदि मधेशि नेताको हिम्मत छ भने,आउनुस् चुनावमा जाऔ, मधेसमा हाम्रो पार्टीले ४० सिट जितेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले निर्वाचनका लागि सरकारलाई आफ्नो पार्टी नेकपा (एमाले) पूर्ण रुपमा सहयोग गर्ने बताए ।  उपाध्यक्ष रावलले ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको अहिले तत्काल संविधान संशोधनको आवश्यकता नरहेको उल्लेख गरे ।

मधेसी मोर्चाका नेताले तपाईँलाई जेल हाल्नुपर्छ भनिरहेका छन् नी भन्ने सञ्चाकर्मीको जिज्ञासामा रावलले जवाफ दिदै भने,‘जेल त तिनलाई हाल्नुपर्छ, जसले देश घात गरिरहेका छन्, विदेशी दुतावासमा भात खाएर नेपालको संविधान संशोधनको कुरा ल्याइरहेका छन्, नेपालको कानुनले तिनलाई जेल हाल्नुपर्छ यदि सरकार छ र सरकारले हिम्मत गर्छ भने तिनलाई जेल हालोस्।’

नेता रावलले नेपालकै प्रधानमन्त्री होलान् भनेर देशका लागि चासो व्यक्त गरेँ तर उल्टै मधेसी मोर्चालाई प्रयोग गरेर म विरुद्ध झुटको खेती गरिरहेका छन् । गएको पुस १९ गते पटनामा सिके राउत, ज्वाला सिंह, गोहित, केही पत्रकारहरु लगायतले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामा आँच आउने गरी छलफल गरेको सूचना आफुले थाह पाएपछि प्रधानमन्त्रीलाई खवर गरेको बताए ।

उनले मधेसी मोर्चाका पराजित नेताहरुले जनताबाट पराजित भएपछि विदेशी दुतावासमा गई भात खाएर मधेसको कुरा गरेको आरोप लगाए ।
उनले सुन तस्करीलाई सरकारले नियन्त्रण गर्न नसकेको आरोप समेत लगाए । पहिला संविधान विद्येयक संसदमा टेबुल भएपछि निर्वाचनमा जाने भने अहिले टेबुल भएपछि परिमार्जनको कुरा गरिरहेका छन् परिमार्जनबाट के आर्जन गर्न खोजेको हो प्रस्ट छैन । संसदमा कुनै पनि हालतमा विद्येयको बिषयमा छलफल गर्न नहुने जिकिर गरे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com