कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्तिद्धारा हस्ताक्षर संकलन अभियान सुरु


प्रकाशित मिति : माघ ५, २०७३ बुधबार

नयाँ शक्ति पार्टीले संविधान संशोधनमार्फत जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा जनदबाब सिर्जना गर्न हस्ताक्षर अभियान सुरु गरेको छ । पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार काठमाडौंको बबरमहलबाट हस्ताक्षर संकलनका लागि राखिएको कपडामा दस्तखत गरी अभियानको शुभारम्भ गर्नुभएको हो ।

अभियानको शुभारम्भ गर्दै संयोजक भट्टराईले विगत २५ वर्षमा २३ वटा सरकार परिवर्तन भइसकेको र संविधान जारी भएको एक वर्षभित्र मात्रै तीन वटा सरकार परिवर्तन भइसकेको सन्दर्भमा यसबाट देशमा कुनै राजनीतिक स्थिरता र स्थायित्व हासिल हुन नसक्ने जनाउँदै आर्थिक समृद्धिको सपना र अठोट पूरा गर्नका निम्ति शासकीय स्वरुपमा परिवर्तन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

‘जनताको सुझाव पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने थियो’ उहाँले भन्नुभयो –‘संसदलाई पूर्ण रुपले समानुपातिक बनाउने र सरकार, जो कार्यकारी हुन्छ त्यो जनताको मतबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ, यो नै नेपालको विशिष्टता अनुसारको उत्कृष्ट मोडेल हो ।’

संयोजक भट्टराईले शासकीय स्वरुपमा परिवर्तन नगरेसम्म समृद्धि हासिल नहुने भएकोले नयाँ शक्ति पार्टीले पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान सुरु गरेको घोषणा गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ शक्तिले माघ महिना अवधिभर चल्ने घरघरमा नयाँ शक्ति अभियानसँगै जनस्तरबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा १० लाख हस्ताक्षर संकलन गरी सरकारलाई बुझाउने योजना अनुरुप अभियानको सुरुवात गरेको हो । नयाँ शक्तिले काठमाडौंसँगै यो अभियान देशव्यापी रुपमा सबै जिल्लाहरुबाट सुरु गरेको जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com