अब ११ तले धरहरा


प्रकाशित मिति : माघ ४, २०७३ मंगलबार

कहिले ठडिएला धरहरा?

राजधानीको मुटु सुन्धारामा रहेको ऐतिहासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कुतूहल छ।

‘धरहरा ढले पनि हाम्रो विश्वास ढलेको छैन, यो उठ्नेछ, छिट्टै उठ्नेछ’– यस्तै सोचेर अघिल्लो सरकारले अघि सारेको ‘म बनाउँछु धरहरा’ अभियानमा समेत हजारौं नेपालीले करोडौं सहयोग गरे।

धरहरा बनाउन विदेशी सहयोग नलिने, नेपालीकै सहयोगबाट सम्पन्न गर्ने नारासहित अघि सारिएको उक्त अभियानमा साथ दिँदा पनि किन ढिलो हुँदै छ धरहरा पुनर्निर्माण?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपालीको यो जिज्ञासा अब छिट्टै मेटिनेछ। किनकि, सरकारले अर्काे महिनाबाट धरहरा पुनर्निर्माण सुरु गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय, पुनर्निर्माण प्राधिकरण, पुरातŒव विभाग, सञ्चार मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायबीच प्रधानमन्त्री कार्यालयमा आइतबार बसेको सचिवस्तरीय बैठकले फागुन १५ भित्र धरहराको पुनर्निर्माण कार्य थाल्ने निर्णय गरेको हो।

धरहरा पुनर्निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय छलफलले गरेको छ। यसअघि केपी ओली सरकारमा रहँदा नै धरहराको निर्माण जिम्मा टेलिकमलाई दिने निर्णय भएको थियो। त्यही निर्णयलाई पुष्पकमल दाहाल नेतृत्व सरकारले निरन्तरता दिँदै छ।

‘पुरातŒव विभागले धरहरा पुनर्निर्माणको विस्तृत प्रतिवेदन बुझाएपछि टेलिकमसँग औपचारिक सम्झौता गरिनेछ,’ पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा. भिष्माकुमार भुसालले भने, ‘फागुन १५ अघि नै काम सुरुआत गराउने निर्णय भएको छ।’

विभागले धरहराको डिजाइनसहितको विस्तृत अध्ययन प्रतिवेदन माघ २६ गते प्राधिकरणसमक्ष पेस गर्ने जनाएको छ। विभागले प्रतिवेदन बुझाएलगत्तै टेलिकमसँग औपचारिक सम्झौता गरी पुनर्निर्माण थालिने प्राधिकरणले जनायो।

विभागको प्रारम्भिक डिजाइनअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्न करिब ३ अर्ब रुपैयाँ र ३ वर्ष लाग्ने अनुमान गरिएको थियो। तर, पछिल्लो विस्तृत डिजाइनमा भने उक्त लागत बढ्ने अनुमान विभागको छ।

‘प्रारम्भिक डिजाइनमा अनुमान गरिएको रकम बढ्छ,’ विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘हामीले डिजाइनका लागि कन्सल्टेन्टलाई दिएका छौं। त्यसैले पूर्ण रुपमा डिजाइन नआएसम्म यति बढ्छ भनेर किटान गर्न नसकेपछि पहिलाको तुलनामा अलि बढी नै हुन्छ।’ प्रारम्भिक डिजाइनमा अनुमान गरिएको लागत हालेर धरहरा बनाउन तयार रहेको टेलिकम पछिल्लो विस्तृत डिजाइनमा बढी रकम आए हाल्ने वा नहाल्ने भन्ने अहिले छलफल नभएको प्राधिकरणले बतायो।

अघिल्लो केपी ओली सरकारले धरहरा पुनर्निर्माणमा जनताको सहभागिता गराउने भन्दै ‘म बनाउँछु मेरो धरहरा’ अभियानमा जम्मा भएको रकम के गर्ने भन्ने निर्णय भइसकेको छैन। प्राधिकरणकी कर्मचारी सन्ध्या भट्टराईका अनुसार करिब ८ करोड रुपैयाँ धरहरा कोषमा जम्मा भएको छ। त्यस्तै, धरहरा पुर्ननिर्माणपछि कसले सञ्चालन गर्ने भनेर पनि निर्णय भएको छैन। भुसाल भने सार्वजनिक निजी साझेदारी मोडलमै सञ्चालन गरिने बताउँछन्।

यसअघि, महानगरपालिकाले निजी कम्पनी साइडवाकर्स ट्रेडर्स प्रालिलाई धरहार सञ्चालनको जिम्मा दिएको थियो। हालसम्म पनि धरहराको जिम्मा उक्त कम्पनीबाट खोसिएको छैन। भूकम्पपछि पनि कम्पनीले उक्त क्षेत्रमा व्यवसाय चलाउँदै आएको छ। सम्झौताअनुसार सोही कम्पनीले धरहराको पुनर्निर्माण गर्नुपर्ने भए पनि सरकारले उक्त कम्पनीलाई उन्मुक्ति दिँदै नयाँ बाटो रोजेको हो। धरहरा क्षेत्र निजी कम्पनीको व्यावसायिक थलो बनेको भन्दै अब भने उक्त कम्पनीलाई सञ्चालन गर्न दिन नहुने भनेर स्थानीयले आवाज उठाउँदै आएका छन्।

अब बन्ने धरहरा ११ तला र उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट राखिनेछ। अपांगता भएका, बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राखी दुइटा लिफ्ट राखिनेछ। थपिएका दुई तलामा भूमिगत पार्किङ र म्युजियम राखिनेछ।

धरहरा क्षेत्रलाई आधुनिक र पर्यटकीय स्थलका रुपमा पुनर्निर्माण गर्न अहिलेको ठाउँ मात्र पर्याप्त नहुने भएपछि गोश्वारा हुलाक कार्यालय र टक्सार विभागको जग्गासमेत गाभिने भएको छ। यससहित धरहरा क्षेत्र ४२ रोपनीमा फैलने भएको छ। हुलाक र टक्सारको जग्गा धरहरा क्षेत्रलाई उपलब्ध गराउन मन्त्रिपरिषद् बैठकबाटै भइसकेको छ। नयाँ धरहरा ८ रेक्टरसम्मको भूकम्पप्रतिरोधी रहने विभागले बताएको छ।

गार्डेन, पार्किङ, फाउन्टेन, संग्रहालयसहित उपत्यकाकै रमणीय पर्यटकीय स्थलसमेत हुनेछ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा सुन्धारास्थित बागदरबारछेउ आफ्नो र महारानी त्रिपुरासुन्दरीदेवीका नाममा दुइटा धरहरा निर्माण गरेको इतिहासकार बताउँछन्। विसं १९९० सालको भूकम्पमा भीमसेनको नामको धरहरा जगैदेखि भत्कियो, महारानीको नामको पनि चिरा पर्‍यो। त्यही धरहरा तत्कालीन राणाकालीन प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण गराएका थिए। भीमसेनले निर्माण गरेको धरहरा ११ तले थियो,  पुनर्निर्माणमा दुई तला घटाइयो।

इँटा र वज्र, चुन, मास, चाकु आदिको मिश्रणबाट निर्मित धरहरा र वरिपरिका पर्खाल मुगलशैलीका थिए। पुरातन विभागले यसअघि सार्वजनिक गरेको धरहराको प्रारम्भिक डिजाइन। विस्तृत डिजाइन माघ २६ गते सार्वजनिक गर्दै छ। खिलक बुढाथाेकी/नागिरक दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com