नेपाली नियोग न्युयोर्कमा प्रचण्डको स्वागत
प्रकाशित मिति : चैत्र १२, २०७५ मंगलबार
अमेरिकाको भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज राष्ट्रसंघका लागि नेपाल मिसनको कार्यालय न्युयोर्कमा स्वागत गरिएको छ । राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रचण्डको स्वागत गर्नुभएको हो ।

नेपाली नियोगको कार्यालयमा पुग्नुभएका प्रचण्डलाई स्वागत गर्न नेपाली कन्सुलेट न्युयोर्कका महावणिज्यदूत पुष्प भट्टराई पनि पुग्नुभएको थियो । साथमा कन्सुलेट र नेपाली नियोगका अन्य कर्मचारीहरुको पनि सहभागिता रहेको थियो ।

पत्नी सिता दाहालको उपचारका क्रममा झण्डै एकसाता लामो भ्रमणमा अमेरिका आउनुभएका प्रचण्ड हिजो न्युयोर्क आउनुभएको हो । प्रचण्ड पत्नी सिता दाहाल र छोरी गंगा दाहालका साथमा आजै नेपाल फर्कने कार्यक्रम रहेको छ ।







