प्रकाशकीय: खसोखास छैठौं वर्षमा, केही नयाँ घोषणा


प्रकाशित मिति : पुस २८, २०७३ बिहीबार

छैठौं बर्ष प्रवेशसँगै खसोखास साप्ताहिकले पछिल्लो प्रविधिको उपयोग गर्दै फेसबुकमा कमजोर इन्टरनेटमा पनि सजिलै खुल्ने ‘इन्स्ट्यान्ट आर्टिकल’, खसोखासको पेजको फेसबुकको मेसेन्जरमा पाठकको कमाण्ड अनुशार समाचार प्राप्त गर्ने ‘मेसेन्जर बोट’, गुगलमा सजिलै खुल्नै ‘एएमपी आर्टिकल’को विकाश गरेको छ भने खसोखास साप्ताहिकको प्रिन्ट भर्सन पनि नयाँ स्वरुप, कलेवर र थप पृष्ठका साथ ल्याउने तयारी भइरहेको छ ।

तपाईको हातमा तपाईको हातमा अब पर्ने  खसोखास साप्ताहिकको अंक छैठौं वर्षको पहिलो अंक हो । अर्थात् आगामी अंकदेखि खसोखास साप्ताहिक छैठौ वर्षमा प्रवेश गर्नेछ । सन् २०१२ को जनवरी १५ आइतवारका दिन ह्वाइटहिमाल साप्ताहिकको नाममा पहिलो अंक न्युयोर्कको बजारमा आएको थियो । हेर्दा हेर्दै अमेरिकामा रहेको नेपाली समुदायको माया र साथका कारण ६ वर्ष प्रवेश भइसकेको छ ।

छैठौं बर्ष प्रवेशसँगै खसोखास साप्ताहिकले पछिल्लो प्रविधिको उपयोग गर्दै फेसबुकमा कमजोर इन्टरनेटमा पनि सजिलै खुल्ने ‘इन्स्ट्यान्ट आर्टिकल’, खसोखासको पेजको फेसबुकको मेसेन्जरमा पाठकको कमाण्ड अनुशार समाचार प्राप्त गर्ने ‘मेसेन्जर बोट’, गुगलमा सजिलै खुल्नै ‘एएमपी आर्टिकल’को विकाश गरेको छ भने खसोखास साप्ताहिकको प्रिन्ट भर्सन पनि नयाँ स्वरुप, कलेवर र थप पृष्ठका साथ ल्याउने तयारी भइरहेको छ ।

पहिलोपल्ट प्रकाशकीयमा भनिएको थियो –“जन्मनु प्राकृतिक नियम हो । त्यसैले कोही जन्मदैमा खुशीयाली मनाइहाल्नु आवश्यक छैन । खुशीयाली त तबमात्रै मनाउने हो उसले जन्मिएर केही नयां काम गर्न सक्छ । खुशीयाली मनाउने समय त त्यो समय हो, जब कोही जन्मिएर जन्मनुको सार्थकता पुष्टी गर्न सक्छ । हामी अहिले जन्मिएका छौं । अहिले नै खुशीयाली मनाउने बेला भएको छैन । हामीले जन्मनुको सार्थकतालाई पुष्टी गर्न सक्यौं भनेमात्र खुशीयाली मनाउने दिन आउनेछ । त्यसैले यो जन्मका लागि अहिले नै खुशीयाली मनाउन नथालौं बरु खुशीयाली मनाउने दिन निर्माणका लागि लागिपरौं । ”

हामीलाई थाहा थियो कि बच्चा जन्माउनुभन्दा कठिन हुर्काउनु र त्यसको जीवन सफल बनाउनुमा हुन्छ । ठीक त्यसरी नै जन्माउनुभन्दा हुर्काउन र सफल बनाउन बनाउन कति मुस्किल रहेछ भन्ने कुरा हामीले व्यवहारिक रुपमा नै भोग्यौं । र, त्यो चुनौतीको सामना पनि गर्यौं । त्यो चुनौतीलाई सामना गर्न हिम्मत चाहिन्थ्यो, रहर होइन । हामीले हिम्मत ग¥यौं । त्यसैले अहिले तपाईहरुमाझ लोकप्रिय बनेका छौं । खसोखासको प्रिन्ट भर्सनमात्र होइन, अनलाइन भर्सन पनि तपाईहरुमाझ अत्यन्तै लोकप्रिय छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीले पहिले नै घोषणा गरेका थियौं कि आगामी दिनमा त्यो यात्राको जिम्मेबारी पूरा भयो वा हामी भन्दा अझ जिम्मेबार तरिकाले अरु कसैले लिन सक्यो भने हामी पत्रिकाका लागि पत्रिका छाप्ने छैनौं । या त हाम्रो मिसन बदलिनेछ , या त हाम्रो भूगोल बदलिनेछ । किनभने एउटा मिसन पुरा हुदैमा यात्रा पुरा हुदैन बरु नयां मिसनको सुरुवात हुन्छ । यसमा हामी अहिले पनि उत्तिकै स्पष्ट छौं ।
प्रकाशनको यो अवधिमा हामीले आप्रवासीहरुलाई काम लाग्ने धेरै कुराहरु उठायौं । अमेरिकामा रहेका आप्रवासीहरुलाई गलत बाटोमा नहिड्न र कानुनको पालना गर्नका लागि सधै सजग गराइरह्यौं । हामीले पहिलो अंकमा नै कानुनको उल्लंघन गर्दा नेपालीहरुलाई कसरी विमानै चार्टड गरेर अमेरिकाबाट नेपाल डिपोर्ट गरियो भन्नेबारेमा एक्सक्लुसिभ सामाग्री प्रकाशित गरेका थियौं । आप्रवासीलाई चासो लाग्ने समाचारहरु प्रकाशन गर्ने क्रम हरेक अंकमा चलिरह्यो ।

आप्रवासीहरुका हरेक विषयलाई हामी कभर स्टोरीहरु बनाउदै गयौं भने अमेरिकामा बस्ने नेपालीहरुलाई चासो लाग्ने नेपालका कैयन विषयलाई पनि हामीले पत्रिकामा समेट्यौं । डिजिटल युगसँगै हामीले खसोखास साप्ताहिकको स्वरुपमा परिवर्तन गर्न लागेका छौं । तर हामी यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं कि हामी जतिन्जेल रहनेछौं, अरुका लागि सिक्नलायक इतिहास निर्माण गर्नेछौं । यो हाम्रो प्रतिबद्धता हो र विगतका वर्षमा जस्तै हामी अहिले पनि यो प्रतिबद्धतामा अडिक छौं । त्यसका लागि मात्र तपाई पाठकहरुको बलियो साथ , सहयोग र विश्वासको आवश्यकता रहेको छ । अहिलेसम्मका बलियो साथ, सहयोग र विश्वासका लागि पाठक , शुभचिन्तक र विज्ञापनदाताहरुप्रति आभार व्यक्त गर्दछौं ।

किशोर पन्थी
प्रकाशक / प्रधान सम्पादक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com