रुदै र रुवाउँदै ओबामाको भावुक बिदाइ सम्बोधन


प्रकाशित मिति : पुस २७, २०७३ बुधबार

अमेरिकी राष्ट्रपति बराक ओबामाले आफूले राजनीतिक यात्रा शुरु गरेको शिकागो शहरमा आफ्ना हजारौँ समर्थकको उपस्थितिमाझ बिदाइ सम्बोधन गरेका छन्।

समर्थकहरुको निरन्तरको तालीका माझ उनले आफ्नो आठ वर्षे कार्यकालमा अमेरिकालाई थप राम्रो र शक्तिशाली देश बनाएको बताए।

ओबामाले आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, क्युबासँगको सम्बन्धको पुनर्स्थापना र समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने लगायतका कामलाई आफ्ना प्रमुख उपलब्धिका रुपमा प्रस्तुत गरे।

अमेरिकामा अश्वेत जातिबाट राष्ट्रपतिका रुपमा सन् २००८ मा ओबामा निर्वाचित हुँदा त्यसले आशा र परिवर्तनको सन्देश बोकेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफूले कार्यकाल शुरु गरेको समयभन्दा अहिलेको अमेरिका राम्रो र शक्तिशाली भएको बताए।तर त्यसबेला आफूले गरेको रंगभेदविनाको अमेरिकाको परिकल्पना यथार्थवादी नरहेको बताए।

अहिले पनि जातिवाद अमेरिकाका लागि प्रमुख विभाजनकारी विषय रहेको ओबामाको निचोड थियो।

ओबामाको उत्तराधिकारीका रुपमा आगामी ज्यानुअरी २० मा शपथग्रहण गर्न लागेका राष्ट्रपति-निर्वाचित डोनल्ड ट्रम्पले उनका कतिपय नीतिहरु उल्ट्याउने चेतावनी दिएका छन्।

आफ्नो सम्बोधनमा आशावादी देखिएका ओबामाले राष्ट्रपतिहरुबीच शान्तिपूर्ण रुपमा हुने शक्ति हस्तान्तरण अमेरिकी प्रजातन्त्रको, उनकै शब्दमा, आधारशिला भएको बताए।

उनले भने, “आठ वर्षअघि भन्दा अहिले अमेरिका हरहिसाबले राम्रो भएको छ, तर लोकतन्त्रलाई हामीले यस्तै त हो भनेर लिन थाल्यौं भने त्यो जोखिममा पर्छ।”

आर्थिक असमानता, जातीय विभाजन र तथ्यका आधारमा अवधारणा नबनाइ फोका जसरी टिप्पणी गरिने समाजका विभिन्न तहहरु अमेरिकाको लोकतन्त्रका तीन जोखिम भएको ओबामाको भनाइ थियो।

उनले अलकायदा नेता ओसामा बिन लादेनसहित दशौँ हजार आतंकवादीलाई समाप्त पारेको भन्दै सुरक्षा निकायहरुलाई धन्यवाद पनि दिएका थिए।

सन् २००८ मा ओबामाले आफ्नो विजयी भाषण पनि शिकागो शहरमा नै गरेका थिए।

ह्वाइट हाउसबाट सम्बोधन गर्नुभन्दा आफूले राजनीति शुरु गरेकै स्थानमा फर्किएर बोल्न चाहेको उनले बताए।

अधिकारीहरुले ट्रम्पका समर्थकसहित सबै अमेरिकी नागरिकलाई सम्बोधन गर्ने गरी ओबामाको सम्बोधन लेखिएको जनाएका छन्।

प्रथम महिला मिशेल ओबामा, उपराष्ट्रपति जो बाइडेन तथा उनकी श्रीमती जिल लगायत उक्त बिदाइ मन्तव्य-समारोहमा उपस्थित थिए।

राष्ट्रपतिले बिदाइ सम्बोधन गर्ने परम्परा अमेरिकी राजनीतिमा लामो समयदेखि रहँदै आएको छ।

बीबीसीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com