न्युयोर्कवासी नेपालीलाई राष्ट्रपतिलाई स्वागत गर्ने अवशर


प्रकाशित मिति : फाल्गुन २५, २०७५ शनिबार

– राधाकृष्ण देउजा

केहि समय अगाडी संयोगले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइ अमेरिका आइपुग्दा अमेरिकाको जुन शहर ( न्युयोर्क) मा वहाँ आउनु भयो , त्यहाँ रहेको नेपाली समुदायले अत्यन्त हार्दिक स्वागत गरेको थियो ।

अत्यन्त संक्षिप्त अनि निजी उक्त भ्रमणमा मुख्यमन्त्री राइलाइ समुदायको स्वागत कार्यक्रममा सहभागी हुन राजी गराउनु र उत्साहजनक सहभागिता जनाउने विषयले केवल मुख्यमन्त्री राइ प्रतिको आकर्षण झल्काएको थिएन , त्यसले राइको लोकप्रियतासंगै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्रतिको स्नेह प्रष्ट पारेको थियो ।

एकजना मुख्यमन्त्रीज्युको आगमनमा त्यस्तो उत्साहित न्युयोर्कले गणतन्त्रको प्रतिमुर्ति अर्थात माहामहिम राष्ट्रपतीज्युकै स्वागत र सम्मान गर्ने अवसर पाउने देखिएको छ । राजनीतिक रुपमा एउटा दलको नेताको रुपमा सक्रिय रहँदा पनि विद्या भण्डारी सवैको प्रिय नै हुनुहुन्थ्यो , सबैलाइ सम्मान सहित बोल्ने, आफ्नो अडान नछोड्ने वहाँको व्यक्तित्वले सबैको मन जितेकै थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

झन माधव नेपाल सरकारको रक्षामन्त्रीको रुपमा व्यवहारिक र वैज्ञानिक ढंगको विश्वसनीय सेना समायोजनको पक्षमा उभिएर वहाँले शान्ती प्रक्रियामा खेलेको भूमिका समग्र देशले सदैव याद गर्नेमा पनि दुइमत रहंदैन । अहिले वहाँ कुनै एक दलको नेता हैन , वहाँ गणतन्त्रको प्रतिमूर्तिको रुपमा रहेको सम्मानित पदमा आसिन हुनुहुन्छ , वहाँ सवैको साझा हुनुहुन्छ र वहाँको स्वागत सत्कार अनि आतिथ्यताको प्रवन्ध पनि सवैको चासो र चिन्ताको विषय बन्नेमा दुइमत छैन ।

गणतन्त्र स्थापनालाइ नै बेठिक ठान्ने र त्यो संस्थागत हुनुलाइ अप्रिय मान्ने कतिपयले वर्तमान राष्ट्रपतिलाइ मात्रै हैन सिंगो व्यवस्था र राष्ट्रपति पदलाइ नै बदनाम बनाउने , अप्रिय बनाउने काम गरिरहेकै छन । अनि यस्तोमा खै कसको कमजोरी वा स्वार्थले अफवाहहरुलाइ बल पुग्ने गरि प्रहरी तालिम केन्द्रको जग्गा राष्ट्रपति निवासलाइ दिने जस्ता केहि नचाहिंदा काम पनि हुन पुगेका छन, यसले धमिलो पानिमा माछा मार्नेहरुलाइ केहि सहयोग पुगेको छ , सम्मानित हुनुपर्ने सँस्था र निकायहरुको उचित मर्यादा रहन सकेको छैन ।

सवैको आशा छ जनताकी छोरीको रुपमा राजनीतिको उचाइ पार गर्दै यहाँसम्म पुग्नु भएकि माहामहिम राष्ट्रपतिज्युले जनताले मन नपराएका निर्णय र व्यवस्थाहरु पुनर्विचार गर्न सरकारलाइ सुझाउनु हुनेनै छ । खैर जे होस गणतन्त्रकि प्रतिमूर्ति , सम्पूर्ण नेपालीको राष्ट्रपतिज्युलाइ अमेरिकामा सँयुक्त राष्ट्रसंघ , अन्य देशका राष्ट्रप्रमुखज्युहरुको स्वागत र सम्मानको अलावा समस्त नेपाली समुदायले हर्ष उल्लास सहित स्वागत गरेको देख्ने दिन टाढा छैन भन्ने सम्झनाले मात्रै पनि आनन्द लाग्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com