आठ वर्षपछि प्रधानमन्त्रीले खानेपानीको बिल तिरे


प्रकाशित मिति : पुस २४, २०७३ आईतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् ।

उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिए ।

दाहाल यसअघि प्रधानमन्त्री हुँदा केयूकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महसुल भुक्तान गर्न बाँकी थियो । केयूकेएलले खानेपानीको बक्यौता उठाउन पटक–पटक ताकेता गर्दै आएको थियो । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था तथा व्यक्तिहरूले पानी मगाएर उपयोग गरे पनि वर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।

ट्यांकरको मात्र नभई धाराबाट वितरण भइरहेको खानेपानीको समेत विभिन्न संघ–संस्था, व्यक्ति तथा कार्यालयबाट बक्यौता उठ्न सकेको छैन । केयूकेएलले उठाउन बाँकी यस्तो महसुल परिणाम हालसम्म दुई अर्ब रुपैयाँ पुगिसकेको भट्टराईले जानकारी दिए । यो बक्यौता नेपाल खानेपानी संस्थान हुँदादेखिकै हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संस्थानबाट ७० करोड रुपैयाँ रुपान्तरण भइआएको र २०६४ पछि केयूकेएलको मात्रै १ अर्ब ३० करोड रुपैयाँ बक्यौता भइसकेको छ । केयूकेएल हाल वार्षिक २० करोड रुपैयाँ नगद घाटामा सञ्चालनमा भइरहेको छ । उनका अनुसार, केयूकेएलको महसुल नतिर्नेमा निजी उपयोगकर्ताभन्दा कार्यालय भन्दा पनि सरकारी कार्यालय र संघसंस्था छन् ।

“जंगबहादुरका पालादेखिको खानेपानीको लाइन भएकाले बिलिङ भए पनि स्पष्ट जानकारीसमेत नभएको अवस्था छ,” उनले भने, “यस्ता धाराको संख्या करिब १३ हजारको हाराहारीमा छ ।” सिंहदरबार, सार्वजनिक धारा, सरकारी कार्यालयहरू, अस्पताल, नाराहणहिटी संग्रहालय, नगरपालिकाका कार्यालयलगायतको नाममा लाखौं रुपैयाँ बक्यौता रहेको केयूकेएलले जनाएको खबर आजको कारोबारमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com