लाज शिवभक्त नांगा बाबाले होइन हामी बस्त्रलेमात्र ढाकिएकाले पो मान्नुपर्ने रहेछ !


प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार

– रामप्रसाद खनाल

नागा बाबाहरु देख्दा म पनि लाजले भुतुक्क हुन्थेँ । सोँच्दथे धर्मका नाम मा यो अती नै बिकृति भयो । यस्तो पनि हुन्छ ? पशुपतिनाथमा मात्र होइन नेपाल भर नागा बाबाहरुलाई प्रबेश निसेध गर्दै यो बिकृति हटाउन पशुपती क्षेत्र बिकास कोस र नेपालको सरकारी स्तर बाटै कडा कदम उठाउनुपर्ने माग राख्दै लेख्ने बोल्ने मै हुँँ । केही बर्ष अघि सम्म मैले नागा बाबाहरुको बिषयमा सधैं नकारात्मक टिप्पणी गर्दथेँ ।

महाशिवरात्रीका बेला मेरो परम मित्र भुप नारायण घर्तिमगरले मेरा नागा बाबा बिरोधी स्टाटस र समाचार अनी बिचार देखे पछि नागा बाबाको बिषयमा अध्ययन गर्न सल्लाह दिंदै आफुलाई जानकारी भएका कुरा म सँग शेयर गर्नुभयो, म झसङ्गै भएँ । मैले मन मनै सोँचेँ कतै मैले गल्ती त गरिरहेको छैन ? त्यस पछि त्यस सम्बन्धमा अध्ययन शुरु गरेँ ।

पहिला नागा बाबाहरुको नाङ्गो पनले भुतुक्क हुने म अब भने मेरो अल्पज्ञान लाई देखेर लाजले भुतुक्क हुन थालेँ । नागा बाबाहरु प्रति मेरो श्रध्दा अध्ययन पछि आकाशियो । मलाई थाहा छ मैले यसो भन्दा यहाँ मलाई शाब्दिक आकर्मण हुन सक्छ म फेस गर्न तयार छु । म अहिले नागा बाबाहरुको कठोर त्याग, तपस्या र उनिहरुले धर्मका लागि गरेको बलिदान प्रति नतमस्तक मात्र छु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नागा बाबाहरुको नबुझेर अन्जान मा बिरोध गर्नेहरुलाई म यस बारेमा अध्ययन गर्न बिनम्र अनुरोध गर्दछु । अहिले त जे चाहियो गुगल गर्नुस भेट्न सकिन्छ । मेरो सल्लाह नेपालीमा नागा बाबा वा अङ्रेजीमा वा हिन्दी भाषामा गएर खोज्नुस तपाईंले सबै भेट्टाउनुहुनेछ । नागा बाबा हरुका बारेमा केही जानकारी र तस्बीरहरु मैले बिभिन्न मिडियाहरु बाट समेत लिएर तल प्रस्तुत गरेको छु ।

* नागा बाबा बन्न र नागा बाबा भन्न ६ बर्ष देखी १२ बर्ष सम्म त्याग तपस्या गर्नुपर्ने रहेछ ।
* नागा बाबा बन्न घर गृहस्ती, लोभ लालच सबकुरा त्याग्न सक्नुपर्ने रहेछ ।
* सँसारमै कडा र गार्हो मानिने सेना प्रहरीको जस्तो अत्यन्त कठिन र लामो तालिम पुरा गरेर मात्र नागा बाबा बन्न सकिँदो रहेछ ।
* माछा मासु देखी धेरै खाले खाद्यान्न मा बन्देज रहेछ नागा बाबा हरुलाई ।
* युद्ध कला कौशल हरकुरामा पोख्त हुनुपर्ने रहेछ ।
* यि र यस्ता धेरै कुराहरु, मापदन्डहरु पुरा गरेर सँसारिक माया मोह मनोरन्जन सब कुरा त्यागेर बनेका नागा बाबाहरु मात्र होइन नागा आमा हरु पनि हुँदा रहेछन जो सबै थोक छोडेर धर्मका लागि बान्छेका हुँदा रहेछन ।

यस्ता तपस्वी नागा बाबा हरु र नागा आमाहरुका बिषयमा मैले बोल्ने टिप्पणी गर्ने कुनै हैसियत राख्दिन । तर एउटा मेरो भन्नु के छ भने नागा बाबा आमा हरुले कमसेकम गुप्ताङ्ग हरु सम्म ढाक्ने चाहिँ ब्यबस्था गर्नै पर्छ । खुल्ला सोभनिय हुँदै हुँदैन ।

शिवरात्रीको बेलामा बिशेष चर्चामा आउने नांगा बाबालाइ हेर्नकै लागि भएपनि यूवाहरुको जमात पशुपति तिर जानु आवाश्यक ठान्छ । नांगा बाबासँगै बसेर गाजा तान्नु र अझ भनौ नांगाबाबासँग सेल्फिमा रमाउनु शिवरात्रीको बिशेषता बनेको छ पछिल्लो समय । हरेक शिबरात्रीको बेला हुलका हुल नागा नेपाल भित्रने गरेका छन र शिवरात्री सकिएको भोलिपल्टदेखि नै विदा हुन थाल्छन ती बाबाहरु ।

हरेक शिबरात्रीलाइ बिशेष बनाउन नेपाल आउने गरेका ती नाँगा बाबा को हुन , कसरी उनीहरुको उत्पती भयो ,शिबरात्री सकिएपछि उनीहरु कहाँ जान्छन सबैको कौतुहलताको विषय हो । नांगा बाबाको बारेमा केही रहस्योद्घाटन गर्ने प्रयास गरिएको छ । नांगा शब्द धेरै पुरानो हो । भारतमा नाग वंश र नागा जातिको इतिहास पनि पूरानो छ । भारतको उत्तर पूर्वी क्षेत्रमा नागवंशी र नागजाती र दसनामी सम्प्रदायका मानिसहरु बस्छन । भारतको नाथ सम्प्रदाय पनि दशनामी सम्प्रदायसँग सम्बन्धित छ ।

शैव पथबाट धेरैजसो सन्यासी तथा साधुको उत्पत्ति भएको मानिन्छ । नागा शब्दको उत्पत्तिका बारेमा केही विद्धानको यस्तो मान्यता छ की नांगा शब्द संस्कृत शब्दबाट आएको हो जसको अर्थ “पहाड” हुन्छ र यहाँ बस्ने मान्छेलाई “पहाडी” अर्थात “नागा” भनिन्छ । कच्छारी भाषामा नांगा भनेको “एक बहादुर लडाकु व्यक्ति” हो । नागाको अर्थ नग्न रहनेलाइ पनि बुझिन्छ । उत्तर पूर्वी भारतमा बस्ने मान्छेलाइ पनि नागा भनिन्छ । नागाको इतिहास सनातनका आदिगुरु शंकाराचार्यसँग सम्बन्धित छ । ८ औ शताब्दीको मध्यतिर उनको जन्म भएको थियो त्यतिबेला भारतीय जनताको स्थिती खराब थियो । आक्रमणकारीहरु सलबलाएका थिए । आर्थिक सामाजिक स्थिती खराब थियो ।

यस चूनौतीलाइ अध्यत्मिक शक्तिले मात्र सामना गर्न पर्याप्त थिएन । त्यसकारण उनले देशको चार कुनामा धार्मिक पीठ खडा गरेर यूवा साधुलाइ व्यायाम गरी शक्तिशाली बनाए भने हतियार चलाउन पनि माहिर बनाए । ती पीठहरु साधुको अभ्यास गर्ने केन्द्र बने । कालान्तरमा कैयौ यस्ता अभ्यास गर्ने अखडा बने । धार्मिक स्थल ,श्रद्धालु भक्तजनको रक्षामा आँच आउन थाल्यो भने ती साधुको प्रयोग गर्नु भनेर शंकराचार्यले अखडामा सुझाव दिए । केयौपटक विदेशी राजा महाराजाको अक्रमणमा नांगा बाबाहरुको सहयोग लिइएको थियो ।

धार्मिक स्थल गोकुलको रक्षा पनि नागा बाबाले नै गरेको भनिएको छ । उसो भए नागा बाबा बन्न के गर्नुपर्ला त भन्ने लाग्न सक्छ कैयौलाई । नागा बाबा बन्न सहज छैन । कठिन प्रक्रिया पार गर्न कैयौ बर्ष लाग्न सक्छ । कोही नागा बन्न चाहन्छ र धार्मिक अखडामा जान्छन भने उसको पारिवारिक पृष्ठभुमि बुझिन्छ र किन उ नागा बाबा बन्दैछ भन्ने पनि जानकारी लिइन्छ । यदि उसको उत्तर अखडालाइ चित्त बुझेको बखतमा मात्र उसले नागा साधुको लागि अखडामा प्रवेश पाउँछ । यसमा ६ महिना देखि लिएर १२ बर्षसम्म पनि लाग्न सक्छ । सँसारिक माया मोहबाट निक्लन सक्ने मानिस मात्र नाँगा बाबा बन्न सक्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com