न्युयोर्कमा हिउँको च्यादर, आइतबार राती ६ इन्चसम्म
प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार
गएराती भएको हिमपातका कारण न्युयोर्कलाई हिउँको च्यादरले ढाकेको छ । विहान ९ बजेतिर हिमपात रोकिएपछि न्युयोर्क सिटीमा हिउँ सोहोर्ने गाडीहरुबाट बाटो सफा गरिएको छ । तर साइडवाकमा भने चिप्लो र हिउँ जमेको भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
आइतबार रातीदेखि सोमबारविहानसम्म न्युयोर्कमा पुन हिमपातको अनुमान गरिएको छ । चारदेखि ६ इन्चसम्म हिमपात हुने मौषम विभागले जनाएको छ ।
आज भएको न्युयोर्कको हिमपातका केही तस्वीर सामाजिक सञ्जालबाट ।















