ओलीलाई देउवाको प्रश्नः सहिछाप लगाउँदा गाँजा खाएर लगाएको हो ?


प्रकाशित मिति : पुस २३, २०७३ शनिबार

बाग्लुङ–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमालेले सात प्रदेशको खाका ल्याउँदा ओलीले गाँजा खाएर सहिछाप गरेको हो?, भनेर प्रश्न गरेका छन्। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नम्बर १ ले आयोजना गरेको सभालाई सम्बोधन गर्दै देउवाले यस्तो प्रश्न गरेका हुन्।

तत्कालीन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर ल्याएको प्रस्ताव नै अहिलेको सरकारले अगाडि बढाएकाले एमालेले राष्ट्रघातको आरोप लगाउन नसुहाउने देउवाको जिकिर थियो। ‘संविधान जारी गर्नु अगाडि काँग्रेस एमालेले ल्याएको सात प्रदेशको संयुक्त प्रस्ताव नै अहिलेको सरकारले संशोधन प्रस्तावमा ल्याएको हो,’ उनले भने,‘त्यसमा ओलीले पनि हस्ताक्षर गरेका छन् ।’ हिजो मिलेर ल्याएको प्रस्ताव आज कसरी राष्ट्रघाती भयो भन्दै देउवाले प्रश्न गरे, ‘के त्यतिबेला प्रस्तावमा सहिछाप लगाउँदा ओलीले गाँजा खाएका थिए?’

तत्कालीन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर ल्याएको प्रस्ताव नै अहिलेको सरकारले अगाडि बढाएकाले एमालेले राष्ट्रघातको आरोप लगाउन सुहाँउदैन

उनले संविधान संशोधन प्रस्ताप पारित गराएरै छाड्ने दाबी गरे। ‘संविधान संशोधन प्रस्ताव टेबल हुन्छ,’ टेबल मात्र होइन हामी पारित गराएरै छाड्छौं,’ देउवाले भने। संसदीय प्रणाली स्वीकारेको एमालेले निरन्तर संसद अवरोध गर्नु गलत भएको देउवाको भनाइ थियो। पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले मधेसीलाई गाली गरेर आफूलाई राष्ट्रवादी नदेखाउन एमालेसँग आग्रह गरे। ‘सबैभन्दा बढी राष्ट्रियताको रक्षा मधेसी जनताले सीमानामा बसेर गरेका छन्, मधेसी पहाडीमा विभाजन ल्याएर आफूलाई राष्ट्रवादी देखाउन कोशिस नगर्नुस्’ देउवाले भने।

 राष्ट्रियतालाई जोगाउन वीपी कोइरालाले आफ्नो ज्यान जोखिममा राखेर नेपाल आएको स्मराण गर्दै उनले काँग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताए। ‘हिजो राष्ट्रियताको निम्ति वीपी कोइरालाले ज्यानको बाजी लगाउनु भएको थियो,’ उनले भने, ‘वीपी कोइरालाका चेला हामी कसरी राष्ट्रघात गर्न सक्छौं?’ मधेसी र पहाडीको बीचमा फाटो ल्याएर मुलुकमा अशान्ति मच्चाउने षड्यन्त्रमा एमाले फसेको उनले आरोप लगाए। ‘अबको १४ महिना भित्र तीन वटा निर्वाचन गर्नुपर्ने छ, निर्वाचन भए मात्र संविधान कार्यान्वयन हुन्छ,’ उनले भने, ‘संविधान कार्यान्वयनका लागि दलहरुबीच मिलमिलापको आवश्यकता छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरक प्रसङ्गमा उनले मध्यपहाडी लोकमार्ग काँग्रेसको प्रस्तावमा माधवकुमार नेतृत्वको सरकारले सुरु गरेको सुनाए। ‘ओलीजीले अस्ती आएर लोकमार्ग एमालेले बनाएको हो भन्नुभएछ,’ देउवाले भने, ‘सत्य कुरा नबङ्ग्याउनुस् लोकमार्ग काँग्रेसको प्रस्तावमा माधव नेपाल सरकारले शुरु गरेको हो ।’ संगम घर्ति मगर/ नागिरक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com