पुराना राजा, नयाँ राजाहरु र बर्बादीको दिशामा नयाँ नेपाल !


प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार

रामप्रसाद खनाल

* पञ्चायतकाल राम्रो भएको भए २०४६ मा बहुदल किन आउँथ्यो र ?

* बहुदलमा बहुमत पाएको काँग्रेस मती भर्स्ट नभएको भए बहुमतको गिरिजा सरकार किन ढल्थ्यो र ?
* २०५१ को मध्याबधी चुनाव किन गर्नु पर्थ्यो र ?
* एमालेको तत्कालिन नौ महिने सरकारले केही राम्रो गर्दा गर्दै किन ढल्थ्यो र ?
* अनी मिलिजुली सरकारका नाम साँसद किनबेच किन गरिन्थ्यो र ??

* एमाले काँग्रेस मधेशी रा.प्र.पा सक्षम भएको भए देशमा माओवादी किन जन्मिन्थ्यो र ?
* कमल थापा देखी बिभिन्न अबसरबादी नेता किन जन्मिन्थे र ?
* देश साँच्चै सबल र शान्ती सुरक्षा भएको देश भएको भए राजा रानी सहित राजपरिवार राजा दरवार भित्रै किन मारिन्थे र ?
* यदी बहुदल, दलहरु, नेताहरु सक्षम भएको भए २०५९ मा राजा ज्ञानेन्द्रले सत्ता हातमा किन लिनु पर्थ्यो र ?
* यदी राजाको शासनकालमा राम्रो भएको भए २०६२ / २०६३ को आन्दोलन किन हुन्थ्यो र ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

* दल र तिनका नेता राष्ट्रबादी, गुदी भएका भए दिल्लीमा गएर दिल्लीले १२ बुँदेमा हस्ताक्षर गराएर हरेक कुरामा “हुन्छ” गराएर एमाले काँग्रेस माओवादी मधेशी सबैलाई किन मिलाइदिन्थ्यो र ?
* राजा बुद्धी भएका भए किन एक्लै पर्थे र ?
* २३८ बर्से राजागद्दीको बिरासत किन गुम्थ्यो र ?
* एमाले काँग्रेस माओवादी मधेशी रा.प्र.पा सक्षम भएको भए संबिधान बनाउन करिब दश बर्ष किन लाग्थ्यो र ?
* एमाले काँग्रेस मधेशी रा.प्र.पा सक्षम भएको भए देशमा माओवादीका नाम मा प्रचन्ड बाबुरामको तान्डब कसरी जम्थ्यो र ?
* एमाले काँग्रेस मधेशी रा.प्र.पा सक्षम भएको भए देशमा प्रचन्ड ले कहिले यता कहिले उता गरी गरी अपराध बाट * बँच्न र सधैं पावरमा रहन कसरी सक्थे र ?

* नैतिकता, सिध्दान्त, आदर्श र देशका लागि गरिने राजनीति भएको भए कहिले काँग्रेस माओवादी गठबन्धन, कहिले एमाले माओवादी गठबन्धन, कहिले एमाले माओवादी एकिकरण किन हुन्थ्यो र ?
* काँग्रेस शेर बहादुरले कमजोर नपारेको भए काङ्रेसको यो हबिगत कसरी हुन्थ्यो र ?
* काँग्रेस कमजोर नभएको भए केपी ओली र अपराध सरदार प्रचन्डले दुई तिहाइ कसरी छुन्थे र ?

* अनी केपी ओली र प्रचन्डहरु सक्षम भएको भए दुई तिहाइको सरकारको यो हबिगत हुन्थ्यो र ?
* तपाईं हामीलाई ओलीका बतासे उखान टुक्का सुनेर बस्नु पर्थ्यो र ?
* प्रचन्डले बारम्बार धम्क्याउँदै बस्ने बाँच्ने अवस्था बन्थ्यो र ?
* देश यती बिघ्न तन्नाम हुन्थ्यो र ?

यि र यस्ता तिता यथार्थ लाई नियाल्नुस, बिगत सम्झिनुस् हरेक प्रश्नका उत्तर पाउनुहुने छ सहजै । नेपालको असफलता, अन्याय अत्याचार कुशासन र भ्रस्टाचारका पछाडि माथि उल्लेखित तथ्यहरु जोडीएर आउने छन । समग्रमा राजा देखी दल, नेता हुँदै जनता सम्मा हामी सबै दोशी छौं देश को बर्तमान अवस्थाका लागि ।

दल र नेतालाई गाली मात्र गरेर हुँदैन हामी जनता पनि उत्तिकै दोशी छौं । नेतालाई गाली गर्ने तर चुनावमा तिनै नेतालाई भोट हाल्ने हाम्रा हात हरु सिलौटोमा राखेर लोहोरोले थिचे पनि आक्ष्यम्म छन यो तितो यथार्थ हो ।

देशको राजनीतिका केही पहलुहरु हेर्नुस् न !
दाश ढुङ्गामा ज्यान गुमाएका मदन र आश्रितको नाम मा राजनीति गर्दा गर्दै बिद्या भण्डारी दुई पटक राष्ट्रपती बन्नुभयो, दाशढुङ्गा हत्याकान्ड नै हो हाम्रो सरकार आए हामीले हत्यारालाई सार्वजनिक गर्छौं जेल हाल्छौं भन्ने एमाले कती पटक सरकार मा गयो हिसाब राख्नुभएको छ ? हत्याकान्ड नै हो भनेर प्रतिबेदन दिने उछाल्ने केपी ओली मन्त्री हुँदै दुई पटक प्रधानमन्त्री बन्नु भयो कि नाइ ??
आज बिद्याजी राष्ट्रपती, केपी ओली प्रधानमन्त्री, साकार दुई तिहाइको छ । के ले रोक्यो दाश ढुङ्गा हत्याकान्ड सार्वजनिक गर्न हत्यारालाई जेल हाल्न ?? छ वहाँहरुसँग यस प्रश्न को छ जबाफ ?

हिजो माओवादी हत्या हिँसाको बिरोध गर्ने, हजारौँ एमाले नेता कार्यकर्ताको ज्यान लिने अँगभङ्ग गर्ने तिनै अपराधी लुटेरा माओवादीहरुसँग आज एकता गर्ने एमाले र यसका नेता तथा कार्यकर्ता हरु हो छातीमा हात राखेर उत्तर देउ त के यही हो राजनीति ? यस्तै हुन्छ राजनीति ??

गिरिजा प्रसादले पनि देशका लागि के गरे ? सोँच्नुस् । उनको निधन पछी काङ्रेसको बागडोर सम्हालेका शेर बहादुर जती नालायक नेपालमा को होला ? देख्नु भएको छैन नतिजा ?? कस्तो काँग्रेस कस्तो बनाए शेर बहादुरले ? आज काङ्रेसको असफलताले मुलुकले ओलिका उखान टुक्का मात्र सुनेर बस्नु पर्ने अवस्था आयो कि नाइ ??

कमल थापा नामका अर्का पत्रु पात्र जो पञ्चायत खाए, बहुदल खाए, राजा खाए, गणतन्त्रमा पनि भ्याए । आफु मन्त्री पाए कमल थापा लाई गणतन्त्र लोकतन्त्र सबै ठीक, धर्म निरप्रेक्षता पनि ठीक । सँघियता त लागु गर्ने नै यिनी हुन । राजतन्त्र बिदाइ गर्दा फड्के किनाराको साक्षी बस्ने यिनी जब मन्त्री पद बाट खुस्किन्छन तब यिनलाई राजा सहितको प्रजातन्त्र, हिन्दू राष्ट्र चाहिन्छ । सँघियताको बिरोध गर्नु पर्छ ।

मधेसी दल र तिनका नेता पनि एकातिर कमल थापा प्रब्रित्तीका छन भने अर्कातिर दक्षिण बाट पुरै निर्देसित छन भन्ने कुरामा अब पनि केही बुझ्न बाँकी छ र ? यिनिहरुलाई ढिलो चाँडो मधेस नेपाल बाट टुक्र्याउनुनै छ । मधेश लाई सके अलग राष्ट्र नसके भारतको अर्को एउटा प्रान्त बनाउन मधेशी नेताहरुको एकमत छ बाहिर जेसुकै देखिए पनि ।

समग्रमा भन्दा न त राजा फर्किन सजिलो छ न त अहिलेको यो लुटतन्त्र बनेको लोकतन्त्र गणतन्त्र र सँघियता सहित को नेपाल सुध्रिने अवस्था छ । अदालतमा राजनीति, प्रहरी प्रशासन र सेनामा राजनीति, बेलागाम कर्मचारीतन्त्र, भ्रस्टहरुको सरकार, काण्डै काण्डको सरकार । दल र तिनका नेता तथा झोले कार्यकर्ता, जे भए पनि चुप्प बस्ने खोले र नबोले जनता, युवा शक्ती बिदेश पलायन, धरासायी हुँदै गैरहेको अर्थतन्त्र, सिमा नघ्दै गएको अन्याय अत्याचार भ्रस्टाचार, अबसरबादीहरुको लुट, अपराधीहरुलाई छुट यि सब कुरा हेर्दा लाग्छ – नेपालका दुर्दिनहरु अझ धेरै बाँकी छन । हामी जनताले अझ धेरै दु:ख पाउन बाँकी छ ।

अराजक सत्ता पक्ष लाई ब्यालेन्स गर्न प्रमुख प्रतिपक्षको हात ठुलो हुन्छ तर यहाँ सत्ता पक्ष भित्र भित्रै र प्रतिपक्ष पनि भित्र भित्रै आ आफ्ना डम्फु बजाउँदै आफ्ना निहित स्वार्थ पुर्ती गर्न तल्लिन छन ।

सधैं नेतालाई मात्र गाली गर्ने, देश बर्बाद भयो भनेर भन्ने तर तिनै भ्रस्ट, नालायक, गन्हाएका नेताहरुलाई एकसय एकाउन्न किलो सम्मका माला खादा भिराएर चाकडी गर्ने, यिनकै पछी लाग्ने, यिनलाई भोट हाल्ने, यिनलाई ताली मार्ने तपाईं हामी जनता सबैभन्दा ठुला अपराधी हौँ कि होइनौँ ?? यो पनि अब बहस गर्नु जरुरी छ । सबैको चेत खुल्नु जरुरी छ ।

हेर्नुस् त हामीले कस्ता कस्तालाई कसरी माला खादा भिराएका छौं, कसरी चाकडी बजाएका छौं अनी मातिन्नन त नेताहरु ?? यि पवित्र फुल र खादाको के दोश ? दोस तपाईं हाम्रै हो जसले यि निर्दोस फुललाई माला बनाएर र खादा नालायकहरुका घाँटीमा भिराइदिन्छौँ । अनी यस्तो पाप गर्ने तपाईं हामी जनताले दु:ख नपाए कसले पाउँछ ? हामीले अझ धेरै दु:ख पाउन र देश बर्बाद भएको हेर्न बाँकी नै छ ।

कांग्रेस जस्तो अति कमजोर, दिशाहिन प्रतिपक्ष र ओली प्रचण्डको जस्तो अति दम्भीत नेकपा सरकार दुबै देशका लागि शुभ होइनन, तर दुबै तिर दिउंसै रतन्धो लागेको छ कोही सत्य देख्दैनन एकाथरी उखान टुक्का मै मस्ता छन ताली मारिरहेका छन भने अर्का थरिलाई शेर बहादुरको पछी लाग्दा फुर्सद नै छैअन देश र जनताका बारे सोँच्न ।

एउटा राजा फालेर हजार राजा पालेर बस्न तयार हामी जनता अब कर तिर्न नसकेर घरवार बेचेर कर तिर्नुपर्ने अवस्था तिर जाँदैछौं ।

त्यती मात्र हो र धर्म कर्म, नैतिकता, अनुशासन सब कुरा तिलान्जली दिन्दै गएका हामी नेपालीहरु आफ्नो भाषा, साहित्य, कला, गीत संगीत, संस्कृती भुलेर नाङ्गा नाच र छाडा संस्कृतिमा रम्न थालेका छौं ।

भेनेजुयेला देशमा एक झोला पैसा लिएर जाने, एक छाक तरकारी ल्याउने दिन आए जस्तै नेपालको पनि मुद्रास्फितीको उतार चढाव आउने अवस्था तर्फ मुलुक अगाडि बढेको छ । उद्योगधन्दा, ब्यापार, उत्पादनको अवस्था कहालीलाग्दो छ । सियो सम्मा नबन्ने हाम्रो देशमा नुन देखी सुन सम्म सबै आयातमा निर्भर छौं हामी ।

प्राथमिकता केलाई दिने ? पछी को कुनै कुरा हेर्ने अनुमान गर्ने हामीलाई फुर्सद छैन बरु हामी रेल, पानी जहाज, चुला चुला ग्यास, हावा बाट बिजुली जस्ता कुरामा प्राथमिकता थोपरिरहेका छौं । रेमिट्यान्सले पालिने मुलुक जहाँ हरेक दिन दुई हजर दक्ष युवा बिदेशिन्छन त्यहा सरकार जनशक्ति बेचेर गर्ब गर्छ ।

अख्तियारकै आयुक्त घुसखाने, मन्त्री त्यस्तै, कर्मचारी त्यस्तै जता पनि लुट नै लुट देखेर होला एउटा गायकले लुट्न सके लुट कान्छा भनेर गीत गाउँउपर्ने दिन आएको । जता हेर्यो लुट नै लुट छ । जता हेर्यो त्यतै प्वाल देखिन्छ तर मस्त राम छन जनता । देश गरीब र मान्छे धनी बन्ने क्रम बढ्दो छ । छाती पिटेर चिच्याउन मन लाग्छ देशको अवस्था देख्दा । तर कसैलाई फिकर छैन । जसलाई फिकर छ तिनको हात मा केही छैन ।

दलहरु, नेताहरु पुरै असफल भएका छन सत्ता पक्ष होउन या बिपक्ष । सदाचारी नेता, कार्यकर्ता गुमनाम छन, बेइमानहरु हाबी छन जता पनि । देख्दा लाग्छ कसरी पो रोकिएला र देश असफल हुन बाट ।
अब जनता फेरी जुरुक्क उठेर यि माथि उल्लेखित कुराहरुको सुधारमा हाम नफाल्नेहो भने देश रहन्छ या रहँदैन भन्न गर्हो छ ।

सारमा भन्नुपर्दा नेकपा, काङ्रेस, रा.प्र.पा, मधेशी, सबै पार्टीहरुको नाम र नेता मात्र फरक, चरित्र र काम सबैको “लुट्न सके लुट” नै देखिन्छ । यो अवस्था देशका लागि अत्यन्त दु:खद र खतराजनक छ । सबैलाई चेतना भया ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com