अमेरिकामा हिमपात, १७ सय उडान रद्द, कैयन विद्यालय बन्द


प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार

अमेरिकाका विभिन्न स्थानमा बुधबार हिमपात र बरफबर्षाका कारण कैयन उडानहरु रद्द गरिएका छन् भने विद्यालयहरु बन्द गरिएका छन् । बुधबार विहानसम्म खराब मौषमका कारण १७ सय उडानहरु रद्द गरिएका छन् ।

मिनेसोटामा विद्यालयहरु बन्द गरिएका छन् भने हिमपातले मेरिल्याण्ड र वासिंटन डिसी क्षेत्रसमेत प्रभावित भएको छ । रद्द गरिएका अधिकांश उडानहरु वसिंटन र बाल्टिमोरका विमास्थलमा उडान वा अवतरण हुनेहरु रहेका छन् ।

खराब मौषमको चपेटामा सिंगै अमेरिका पर्ने मौषमविदहरुले चेतावनी दिएका छन् । न्युयोर्कमा अपरान्हदेखि हिमपात सुरु भएको छ भने बेलुका बरफ मिसिएको पानी पर्ने जनाइएको छ ।

मेरिल्याण्ड र पेन्सिलभेनिया सिमाक्षेत्रमा  ८ इन्चसम्म हिमपात

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा बुधबारको हिमपात र बरफबर्षाबाट झण्डै १६०  मिलियन व्यक्ति प्रभावित हुने मौषमविदहरुले अनुमान गरेका छन् । हिउँ र बरफ मिसिएको बर्षा पूर्वी अमेरिकाका भागहरुमा विहिबारसम्म नै हुने जनाइएको छ ।

अमेरिकाको दक्षिण पूर्वीभागमा बाढीको समेत चेतावनी दिइएको छ । जसबाट झण्डै २० मिलियन व्यक्ति प्रभावित हुनेछन् । दक्षिणीभागमा बुधबार दिनभर बर्षा हुने अनुमान गरिएको छ ।

ओक्लोहोमा, कन्सास, शिकागो, इन्डिन्यापोलिस, लुइभिल, सिनसिनाटी, कोलम्बस, ओहायो, पिट्सबर्ग लगायतका क्षेत्रहरुमा हिमपात र बरफबर्षा हुने अनुमान गरिएको छ । नेब्रास्का, आयोवा, मिनेपोलिस लगायतका क्षेत्रमा १० इन्चसम्म हिमपात हुने अपेक्षा गरिएको छ ।मेरिल्याण्ड र पेन्सिलभेनिया सिमाक्षेत्रमा बुधबार दिउसो ८ इन्चसम्म हिमपात हुने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com