महानायक राजेश हमाललाई ‘शान्ति तथा मानवता’ अवार्ड


प्रकाशित मिति : फाल्गुन ५, २०७५ आईतबार

काठमाडौँ बज्रकिल्या प्रोडक्शनले आयोजना गरेको ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाडौंको होटल र्‍याडिशनमा आयोजना भएको कार्यक्रममा महानायक राजेश हमाल, पत्रकार ऋषी धमला, रेस्लर हिमालयन टाइगर लगायत ११ व्यक्तिलाई ‘शान्ति तथा मानवता’ अवार्ड प्रदान गरिएको थियो।

फिलिपिन्सकी राजकुमारी हर हाईनेस मारिया लियोनोरा टोरेसले उक्त अवार्ड प्रदान गरेकी हुन् । शान्ति तथा मानवताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै हमाल, धमला, हिमालयन टाइगर लगायतलाइ उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बज्रकिल्या प्रोडक्शनको सीइओ जाम्पा फुर्वा दोर्जे लामाले हिमालय क्षेत्रको भाषा, संस्कृति संरक्षण गर्न र नेपाली चलचित्र क्षेत्रलाई अन्तराष्ट्रिय रुपमा अघि बढाउन ‘फस्ट ईन्टरनेश्नल पिस एण्ड ह्युमानिटी कन्फेरेन्स’ कोशे ढुंगा सावित हुने बताउनुभयो। साथै नेपाली समाजमा यथावत रहेको आर्थिक, सामाजिक असमानता हटाउनुपर्नेमा जोड दिंदै उहाँले प्रत्यक बर्ष नेपालका ५ जना बालबालिकालाई छात्रवृत्ति दिने घोषणा समेत गर्नुभयो।

कार्यक्रममा फिलिपिन्सकी राजकुमारी टोरेसले शान्ति र मानवता सबैले आत्मसात गर्न सके मात्र यसले दिगो रुप लिने बताउँदै शान्ति र मानवताको क्षेत्रमा योगदान दिन महात्मा गान्धी र मदर टेरेसाको जस्तै कार्य गर्नुपर्ने भ्रम चिर्नुपर्ने बताउनुभयो। महानायक राजेश हमाल नेपालमा यस्तो सम्मेलन आयोजना हुनु गर्वको बिषय रहेको बताउदै जुनसुकै क्षेत्रमा आबद्ध भएका व्यक्तिले मानवतामा जोड दिएर अघि बढ्नुपर्ने औंल्याउदै शान्ति र मानवताले नै मानिसलाई लामो समयसम्म अस्तित्वमा राख्ने बताउनुभयो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त सम्मेलनमा माईकल ज्याक्शन फाउण्डेशन, नेल्शन मण्डेला फाउण्डेशन र उहाँहरुको परिवारसँग निकट रहि एडभेन्चर ह्युमानिटी नामक संस्था सञ्चालन गर्दै आएको र क्यान्स फिल्म फेस्टिभल फ्रान्सको अन्तर्राष्ट्रिय संयोजक रिचर्ड निल्शन, स्वर्गीय माईकल ज्याक्शनका अर्को अवतार भनि प्रसिद्धि कमाएका अन्तर्राष्ट्रिय कलाकार मसाकी माईकल, कम्बोडियाका प्रधानमन्त्रीका सल्लाहकार डा. साम दरा, श्रीलंका पर्यटन बोर्डका प्रमुख जेफ गोनीवार्डेनाथ लगायतको सहभागिता रहेको कार्यक्रममा मसाकी माईकल लगायत तिरुपाती बोर्डिंग स्कुलका बिद्यार्थीको समेत दमदार प्रस्तुति रहेको थियो।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com