दिनेश डिसीको खुलापत्र – ‘जवाफ दिनुहोस् बाबुरामजी’


प्रकाशित मिति : पुस १८, २०७३ सोमबार

बाबुरामजी

विश्व भर रहेका धेरै नेपालीले जनवरी १ लाई टोपी दिवसका रुपमा मनाउँदा तपाईलाई टाउको किन दुख्यो ? तपाईले ट्वीट गरेजस्तो हामीले टोपी दिवस मनाउँदा बहुजातीय,बहुसांस्कृतिक सोंचलाई कहाँनिर ठेस पुग्यो ? टोपी दिवस मनाउंदा बहु सांस्कृतिक भावमा चोट पुग्छ भने त ल्होसार, छठ, दंशै, तिहार, होली,शिवरात्रि, सरस्वती पूजा, ईद, तिज, क्रिसमस, ऊधौली,म्ह पुजा,महावीर जयन्ति(जैन) ,स्वस्थानी, गुरुनानक जयन्ति, फाल्गुनन्द जयन्ति, जनै पुर्णीमा, गठे मंगल त केही मनाउनै भएन ।

कुनैबेला भूमिगत हुंदा बाबुरामजी तपाईले गाई काट्न प्रेरित गर्नुभयो । देउता नमान्न र दंशै तिहार समेत नमनाउन नेपालीलाई प्रभावमा पार्नुभो । तर भूमिगत जीवन त्याग्नसाथ पहिला आफ्नो वुवा आमालाई मनोकामना भगवति दर्शन गराउन लानु भो । र दंशैमा आफ्नो बुवासंग टिका लगाएको फÞोटो सार्वजनिक गर्नुभो । तर पनि हामी बोलेनौं । किनकि तपाईमाथि त्यो बेला जनताको आशा थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाबुरामजी , टोपी दिवस त स्वत स्फूर्त मनबाट उठेको भावना हो । उहीले तपाईको पार्टीले जवरजस्ती नेपाल बन्द गराए जस्तो होइन । शास्त्र, संस्कार र संस्कृतिले पहीचान दिन्छ । टोपी मात्र होईन फेटा पनि हाम्रै हो । मुसलमान दाजुभाईको तागीया टोपी होस् वा पगरी छतरी वा गम्छा वा तामाङ र शेर्पाको फरक सरपोश ।सवै नेपालको हो र सवै नेपालीको पहिचान हो । सुरूवाल मात्र होइन, धोति र कछाड पनि हाम्रो हो । चौवन्दी , हाकुपटासी ,बख्खु पांगदेन,मेख्ली,गुन्यू,फरिया र पटुकी हाम्रै हुन् । यी सब हाम्रा पहिचान हुन् । हामी सवैको पहीचानको सम्मान गर्छौ र संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्छौं ।

म यस्तो लेख्नु परेकोमा माफी चाहन्छु । तर पहिचानको नाममा जाति, धर्मबीच, क्षेत्रबीच विवादको विष रोपेर राजनीति गरेर आज देशलाई मुडभेड र विखण्डनको मुखमा पुराउने नेताहरू मध्ये एक तपाई पनि हुनुहुन्छ । तपाईले भारतीय अघोषित नाकाबन्दी पछि विभिन्न विषयमा दिंदै आउनु भएको अभिव्यक्तिले तपाईमाथि प्रश्न उठाएको छ ।

बाबुरामको यसबारेको ट्वीट पढ्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ज्यूले वेस्ट र नर्थ बंगाल भ्रमणमा नेपाली मुलका भारतीयहरूले उपहार स्वरूप दिएको नेपाली ढाका टोपी र खुकुरी क्रस सहीत भादगाउँले टोपी लगाएर कहाँ कहाँ र कसकसलाई चोट पुराए ? जवाफ दिनुहुन्छ कि ? उहाँबाट हामीले जे राम्रा कुरा सिक्नु पर्ने हो, त्यो खुल्लम खुल्ला सिकौं । जे सिक्नु हुंदैन,त्यो खुसुक्क सिक्न छोडौं ।

-दिनेश डिसी

(डिसी नेपालका चर्चित संचारकर्मी तथा रंगकर्मी हुन् । )

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com