प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आयो : देबेन्द्र पौडेल


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएलामा जारी राजनीतिक संकटलाई लिएर सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्नु भएको छ । उहाँले यस विषयमा पार्टीको सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक भएको बताउँदै यसमा अब अल्झिनु नपर्ने जिकिर गर्नुभयो ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता पौडेलले भेनेजुएलाको विषयमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ती जारी गरेर भयानक गल्ती नगरेको पनि स्पष्ट पार्नुभयो। उहाँले अगाडि भन्नुभयो ,‘नेपालस्थित अमेरिकी राजदूत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ। राजदुतसँगको भेटमा हाम्रो अध्यक्षज्यूले वक्तव्य यो ‘स्पिरिट’मा आएको हो भनेर भनिसक्नुभएको छ । अब यो समस्या हल भयो ।’

साक्षात्कारमा नेता पौडेलले अमेरिकी राजदूतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिईसहेको खुलासा गर्नुभयो ।

पौडेलले हिजोमात्रै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच तीन घण्टा लामो भेटवार्ता भएको जानकारी दिदै भन्नुभयो ‘उहाँहरुबीच तीन घण्टा कुराकानी भयो । मिलेर जाने सहमति भएको छ। अहिले देखिएका सबै समस्या हल गरेर जाने सहमति भएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँहरुबीच सरकार सञ्चालन गर्दा मिलेर अघि बढ्ने र निर्णय गर्दा सल्लाह गर्नेबारेसहमति भएको बताउँदै नेता पौडेलेले पार्टी एकीकरणको कामलाई दुवै अध्यक्षले पहलकदमी लिने र फत्ते बनाउने बारेमा पनि गम्भीर कुरा भएको जानकारी दिनुभयो ।

नेता पौडेलले पूर्व प्रधानमन्त्री, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले वक्तव्य जारी गर्दा शब्दहरु ख्याल गर्नुपर्नेमा जोड दिदै भन्नुभयो ‘ शब्दहरुको ख्याल पुर्याउनुपर्छ । अरु कुनैपनि राष्ट्रलाई चिढ्याउनुहुँदैन् ।’ उहाँले वर्तमान सरकार गठन भएको एक वर्ष पुग्न लागेको सुनाउँदै यो एक वर्षको कार्यकाल हेर्दा सरकार सापेक्षित रुपमा सफल भएको दाबी गर्नुभयो ।उहाँले भन्न्भयाे,‘सरकारको एक वर्ष सापेक्षित रुपमा सफल छ । तर, उत्साहजनक छैन् ।’

भेनेजुएलाबारे बोल्ने सरकार क्रिमिया र सिरियाबारे किन चुप ? : नारायण खड्का

यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले भेनेजुएला प्रकरणमा नेपाल सरकार र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वक्तव्य जारी गर्नु नै आवश्यक नभएको प्रतिक्रिया दिनु भएको छ । उहाँले प्रचण्डजीले भेनेजुएला प्रकरणमा अमेरिकाले हस्तक्षेप गर्यो, साम्राज्यवादी कु भयो भन्नु आवश्यक नभएको जिकिर गर्नुभयो ।

नेता खड्काले प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किसकेपछि सरकारले पनि भेनेजुएला प्रकरणमा प्रचण्डकै लाईनमा वक्तव्य जारी गरेको चर्चा गर्दै भन्नु भयो ,‘रुसले क्रिमियामा हस्तक्षेप गर्दा उहाँहरु किन बोल्नुभएन ? सिरियामा किन बोल्नुभएन् ?’

उहाँले भन्नुभयाे,‘सरकारले पनि प्रचण्डकै लाईनमा वक्तव्य जारी गर्यो । नेपाल र अमेरिकाबीच १९४७ देखि कुटनीतिक सम्बन्ध छ, हामीलाई अमेरिकाले असाध्यै ठूलो आर्थिक सहायता गर्दै आएको छ । सरकारको वक्तव्यका कारण अहिले सम्बन्धमा ह्रास आएको छ । नेपाल सरकारले यस्तो वक्तव्य जारी गर्नु आवश्यक थिएन् ।’ खड्काले अमेरिकालाई नेपाल सरकारले चिढ्याउने काम गर्नु आवश्यक नै नभएको जिकिर गरे ।

नेता खड्काले सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको आरोप पनि लगाउनुभयो । उहाँको भनाइ छ ,‘अहिले मुलुकको अर्थतन्त्र डामाडोल छ । यो ५ महिनामा ५ खर्ब ६९ अर्बको व्यापार घाटा छ । निजी क्षेत्रको पनि त्यस्तै समस्या छ ।’ दुई तिहाईको सरकारले उत्ताउलो कुरा गरिरहेको उहाँको ठम्याइ छ । खड्काले भन्नुभयो‘जनताका आधारभुत कुराहरु यो सरकारले पूरा गर्न सकेको छैन् ।

सरकारको यो एक वर्षको पफर्मेन्स होपलेस छ ।’ मुलुकको अर्थतन्त्र यस्तै रहिरहे अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र दातृ निकायहरुसँग ऋण माँगेर धान्ने दिन आउनसक्ने खतरा पनि खड्काले औंल्याए । उहाँले भन्नुभयो,‘यस्तो अवस्था आयो भने जनता भोलि सडकमा आउँछन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com