चर्चित संगीतकार तथा गायक चेतन सापकोटा र नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मारुनी गीत’ सार्वजनिक भएको छ । यो गीत वि स्टार नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत भिडियोसहित सार्वजनिक गरिएको हो ।
बिष्णु प्रसाद घिमिरेको शब्द रहेको यस गीतमा संगित तथा स्वर चेतन सापकोटा र स्मिता दाहालको रहेको छ । गीतको सम्पादन भने, टेकेन्द« शाहले गरेका छन् । उक्त भिडियोको छायांकन राम केसीले गरेका छन् भने निर्देशन शिशिर खातीले गरेका छन् ।
यस गीतको म्युजिक भिडियोमा स्वयं चेतन सापकोटा, प्रियंका भण्डारी, कमल श्रेष्ठ, बिष्णु, मेलिना र चितवनका थारु कलाकाहरुले नृत्य गरेका छन् । गीतमा थारू समुदायमा माघी मेलाको बेलामा गरिने रमाइलो पक्षहरूलाइ देखाउन खोजिएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।