टेक्सासमा एचडिएनपीले १६ औ पटक घरबार बिहिनलाई फलाहार सहित खाना खुवायो 


प्रकाशित मिति : पुस १७, २०७३ आईतबार

विजय थापा ,वाशिंगटन डीसी 
 
अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपाली द्वारा स्थापना भएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले टेक्सास राज्यको फोर्थवर्थ डलसमा गत आइतबार दिसम्बर ३१ तारिख युनिटी पार्कमा घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई फलाहार सहित भोजन गराएको छ ।
 
झन्डै चार सय जनालाई फलाहार ,स्वास्थ्य, स्वादिस्ट खाना तथा अन्य पौष्टिक आहार आदि खुवाएको छ । एचडीएनपी इन्टरनेसनल उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जीविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।
 
हरेक ३ महिनामा यस्ता अशक्त, घरबार बिहिन तथा मागेर जिविको पार्जन गर्नेलाई खुवाउने अन्तर्गत २०१६ को अन्तिम दिन दिसम्बर ३१ तारिख सामूहिक भोजन गराईएको संस्थाका अध्यक्ष देवी डेविड आचार्यले बताए ।
 
हरेक त्रैमासिक रुपमा खाना खुवाउन पर्ने र यस्को लागि अर्थ पनि संकलन गर्नु पर्ने भएकोले प्रायोजन गर्न ईक्षा राख्ने सबैमा अनुरोध समेत आचार्यले गरेका छन् l संस्थाले नेपालको पशुपतिनाथमा घरवार बिहीन,मागेर हिड्ने तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्दै आएको छ ।
 
यसको अतिरिक्त एचडीएनपी इन्टरनेसनलले उनीहरुको स्वास्थ्य उपचार तथा लुगा कपडाहरु समेत उपलब्ध गराउदै आएको छ l  हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com