देशभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु


प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार

साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा मुलुकभर उक्त सङ्ख्यामा सवारी दुर्घटना भएको हो । दुर्घटना भएका सवारी साधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल छन् ।

मोटरसाइकल चार हजार २३०, जिप, कार दुई हजार ९५२, बस एक हजार २४४, ट्रक, ट्याङ्कर ९८८, टिपर २५१, टेम्पो १७१ र अन्य ५१ सवारी दुर्घटना भएका छन् । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापरवाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउँदै “साँघुरो बाटो, तीव्र गति र कमजोर पूर्वाधारका कारण बढी दुर्घटना भएको हो” भन्नुभयो ।

प्रहरीले दुर्घटना घटाउनका लागि ट्राफिक सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै पर्चा, पम्प्लेट, ब्रोसरबाट जानकारीमूलक सन्देश चालक, सहचालक र पैदलयात्रुलाई प्रदान गर्दै आएको छ ।

यसैगरी दुर्घटना न्यूनीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे गृहप्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा सातै प्रदेशमा रि–फेसिङ सेन्टर ९ारामस्थल० स्थापना गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त आरामस्थलमा चालक, सहचालक र पैदलयात्रुलाई आराम गर्नुका साथै ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गरिएको छ ।

उपत्यकामा धेरै दुर्घटना, कर्णाली प्रदेशमा कम

सवारी दुर्घटना भएकामध्ये सवैभन्दा धेरै काठमाडौँ उपत्यकामा भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा मात्र सात हजार २६० दुर्घटना भएका छन् । प्रदेश–१ मा ९२४, प्रदेश–२ मा ६६८, प्रदेश–३ मा ५३३, गण्डकी प्रदेश ३४१, प्रदेश–५ मा ७४६, कर्णाली प्रदेश ७८ र सुदूरपश्चिम प्रदेशमा १३० सवारी साधन दुर्घटना भएका छन्।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले साँघुरो बाटो र अत्यधिक सवारी साधन भएका कारण बढी दुर्घटना हने गरेको बताउनुभयो । “चालकको लापर्वाही र सवारी नियम नमान्दा बढी दुर्घटना भएको हो”, उहाँले भन्नुभयो ।

एक हजार ४१३ जनाको मृत्यु

चालू आर्थिक वर्षको छ महीनामा सवारी दुर्घटनामा परी एक हजार ४१३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक हजार ४३ पुरुष, २४५ महिला, ७६ बालक र ४९ बालिका छन् ।

यस्तै दुई हजार १५३ व्यक्ति गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये एक हजार ५२२ पुरुष, ४१८ महिला, १२९ बालक र ८४ बालिका छन् ।

यसैगरी पाँच हजार २१२ सामान्य घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लामो समयदेखि महानगरीय ट्राफिक कार्यालयमा कार्यरत पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठले ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय कारणले हुने गरेको बताउँदै “चालक, पैदलयात्रु र यात्रुका कारण धेरै दुर्घटना हुन्छ भन्नुभयो ।”

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख सवारी साधन सञ्चालनमा छन् । तीमध्ये झण्डै नौ लाख सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com