२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

एसाइलम आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्म मेक्सिको पठाउन सुरु

अमेरिकी सरकारले मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेर अमेरिकामा एसाइलमका लागि आवेदन दिनेहरुलाई आजदेखि अदालती प्रकृयासम्मका लागि मेक्सिको पठाउन सुरु गरेको छ । एसाइलमका सन्दर्भमा ट्रम्प प्रशासनले ल्याएको सबैभन्दा ठूलो परिवर्तनका रुपमा हेरिएको उक्त नीति अन्तरगत अब उनीहरुले मेक्सिकोमा नै बसेर अदालती प्रकृया कुनुपर्नेछ ।

यस अगाडि त्यसरी अमेरिका प्रवेश गरेर एसाइलम खोज्नेहरुलाई ‘क्याच एण्ड रिलिज’को नीति अन्तरगत रिहा गरिन्थ्यो । उनीहरुले अमेरिकामा नै वर्क परमिट प्राप्त गरेर अदालती सुनुवाई सम्मका लागि काम गर्न समेत पाउथें । तर अब उनीहरुले मेक्सिकोमा बसेर मुद्दाको सुनुवाई कुर्नुपर्नेछ ।

शुक्रबार शान सिद्रो यिसिद्रो पोर्ट अफ इन्ट्रीमा आएर एसाइलमको आवेदन दिनेहरुलाई संघीय अध्यागमन अधिकारीहरुले प्रकृयामा लगेपछि मेक्सिकोतिरै फिर्ता पठाइएको छ । उनीहरुले सान डिएगोको अदालतमा सुनुवाईको मिति नआउँदासम्म मेक्सिकोमा नै बस्नुपर्ने जनाइएको छ । सुनुवाईको मिति आइसकेपछि इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले सिमानादेखि अदालसम्म यातायातको प्रबन्ध गर्ने जनाइएको छ ।

गत महिना अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरीले नयाँ नीतिको घोषणा गरेकी थिइन् । यसरी अमेरिकाबाट फर्काइएकाहरुलाई मेक्सिकोले मानवीय भिसा प्रदान गर्नसक्नेछ । जस अन्तरगत उनीहरुले मेक्सिमोमा बसेर अदालती सुनुवाईको मिति कुर्न सक्नेछन् । तर उनीहरुले महिनौं र बर्षौसम्म कुनुपर्ने समेत हुनसक्छ ।

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्नेलाई उनीहरुको अध्यागमन प्रकृया जारी रहुन्जेल मेक्सिको फिर्ता पठाउने ट्रम्प प्रशासनको नीतिबिरुद्ध अदालत जाने आप्रवासी अधिकारकर्मीहरुले चेतावनी दिएका छन् ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →