सुदूरपश्चिम प्रदेशका हिमाली जिल्ला र कर्णाली प्रदेशका जिल्लामा बाक्लो हिमपात भएको छ । हिमपातका कारण चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा र बैतडीका हिमाली क्षेत्रमा सोमबार रातिदेखि बाक्लो हिउँ परेको हो ।
दार्चुलाका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन् । सोमबार दिनभर घाम लागे पनि मध्यरातिदेखि एकाएक मौसम बदली भएर हिमपात भएको हो । हिमपातपछि बढेको चिसोका कारण सदरमुकाम खंलगाका पसल फाट्टफुट्ट मात्रै खुलेका छन् भने स्थानीयहरु घरबाहिर निस्कन सकिरहेका छैनन् ।
हिमाली क्षेत्रका विद्यालयमा पठनपाठन प्रभावित भएको छ । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म जिल्लाका उच्च भूभागमा तीनपटक हिमपात भएको छ । पुसमा मात्र जिल्लाका उच्च क्षेत्रमा दुई पटक हिमपात भएको थियो।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।