परोपकारमा प्रियंका र आयुष्मान !


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले परोपकारी कामको लागि आयंका फाउण्डेशन घोषणा गरेका छन् ।

अभिनय क्षेत्रमा सक्रिय यो जोडीले संस्था मार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउण्डेशन स्थापना गरेका हुन् । मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो ।

कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले त्यसको माध्यम बन्नका लागि आयंका फाउण्डेशनको सुरु भएको उनीहरुको भनाई छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाई, महिनावारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने नायिका प्रिंयंका कार्कीले जानकारी दिएकी छिन् ।

नायक आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पिडितको घाउमा मल्हम पट्टी लगाउन पनि फाउण्डेशनले सक्दो प्रयास गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तो परोपकारका लागि आफ्नो कमाईको १० प्रतिशत रकम छुट्याईने उनीहरुको प्रतिबद्धता छ । फाउण्डेशनको घोषणासँगै टोल सफाईमा सक्रिय हुने उनीहरुले बताएका छन् । आयंका फाउण्डेशनको मुख्य सल्लाहकार सरोज ओली हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com